Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

Author Avatar साझा न्यूज 20th November 2026 , 11:04 AM
पाल्पाको सत्यवती मेला आजदेखि सुरु

पाल्पा । पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु भएको छ । गाउँपालिका-४ स्थित सत्यवतीताल क्षेत्रमा लाग्ने यस मेलामा मनोकामना पूरा हुने जनविश्वासका साथ नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट भक्तजन आउने गरेका छन् ।

सत्यवतीबज्यै कानले नसुन्ने भएकाले भक्तजनले तालनजिकै पुगेर चिच्याउँदै आफूले चिताएको वर माग्ने परम्परा रहिआएको छ । चिच्याएर वर मागेमा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण हरेक वर्ष कात्तिक पूर्णिमाको अवसरमा यहाँ हजारौँ भक्तजनको जमघट हुने गर्दछ ।

मेला भर्न आउने भक्तजन रातभर जाग्राम बसेर पूजा गर्ने र बिहान देवीसँग चिच्याएर वर माग्ने गर्दछन् । यस वर्ष मङ्सिर ४ देखि ८ गतेसम्म मेला सञ्चालनहुने सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले बताए ।

उनका अनुसार मेलाकालागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको छ । मङ्सिर ७ गते राति पूर्णिमा परेकाले ७ र ८ गतेलाई यस वर्ष पूजाआजाका विशेष दिनका रूपमा लिइएको छ ।

सत्यवतीबज्यैको दर्शन तथा पूजाका लागि विशेष साइत जुरेकाले विगतका वर्षभन्दा यसपटक भक्तजनको सहभागिता बढ्ने अपेक्षा गरिएको उनले बताए ।

मेलालाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । धार्मिक तथा सांस्कृतिकमर्यादा कायम राख्न मेला क्षेत्रमा मदिराजन्य पदार्थको बिक्रीतथा सेवनलाई निषेध गरिएको समितिले जनाएको छ । सत्यवती मेलाको अर्को विशेषता रातको समयमा लिङ्गो गाडेर वर माग्ने परम्परा हो ।

भक्तजनले बाँस, निङ्गालो, साललगायतका काठबाट बनेका लिंगो ताल क्षेत्रमा गाड्ने र भोलिपल्ट आफूले गाडेको लिंगो पहिचान गरी पूजा गरेपछि घर फर्कने चलन छ ।

मन्दिरमा बोका तथा पाठीको बलि चढाउने र परेवा उडाउने परम्परासमेत रहिआएको छ । परापूर्वकालमा सत्यवतीबज्यै घना जंगलको बीचमा आई तपस्या गरेपछि शक्तिप्राप्त गरेको किंवदन्तीप्रचलित छ । कानले नसुन्ने देवी भएकाले भक्तजनले आफ्नो मनोकामना चिच्याएर सुनाउने गरेको धार्मिक मान्यता छ ।

विगतमा कात्तिक शुक्ल चतुर्दशीका दिन मन्दिरमा बास बसेर रातभर पूजापाठ गर्ने र बिहान झिसमिसेमै वर मागेर फर्कने चलनथियो । पछिल्लो समय भने कात्तिक शुक्ल त्रयोदशीदेखि पूर्णिमासम्म नै रातदिन पूजापाठ तथा वर माग्ने परम्परा विकसित भएको छ ।

सत्यवतीबज्यैको तीनतले नयाँ मन्दिर निर्माण
यस वर्षको सत्यवती मेलाको अर्को आकर्षण नवनिर्मित मन्दिर बनेको छ । पुरानो मन्दिर जीर्ण र साँघुरो भएपछि तिनाउ गाउँपालिकाको सहयोगमा मन्दिर तथा ताल संरक्षण विकास समितिले नयाँ तीनतले मन्दिर निर्माण गरेको हो ।

रु ६५ लाख ५८ हजारभन्दा बढी लागतमा मन्दिर निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । पुरानो मन्दिर जीर्ण र सानो भएकाले नयाँ संरचना निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार नयाँमन्दिर सत्यवतीताल क्षेत्रको गुरुयोजनाअनुसार निर्माण गरिएको हो । मन्दिर निर्माण सम्पन्न भएपछि यस वर्ष मेलामा आउने भक्तजनले नयाँ मन्दिरमै पूजाआजा गर्न पाउने भएका छन् ।

यसैगरी सत्यवती तालसम्म पुग्ने झुम्सा–गोबरबन्दी सडकको ग्राभेल तथा स्तरोन्नतिको कामसमेत गरिएको छ । सडक सुधार र नयाँ मन्दिर निर्माणले मेलामा आउने भक्तजनलाई सहज हुने अपेक्षा गरिएको छ । धार्मिक आस्था, मौलिक परम्परा र सांस्कृतिक पहिचान बोकेको सत्यवती मेला पाल्पाको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित छ ।

हरेक वर्ष हजारौँ भक्तजनको आगमन हुने यस मेलाले स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत योगदान पुर्‍याउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एनपीएलको उपाधिका लागि फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएलको उपाधिका लागि फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

सुनको मूल्य घट्यो, आज तोलामा कति?

आज एकैदिन १२ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

भर्खरै प्रकाशित

एनपीएलको उपाधिका लागि फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएलको उपाधिका लागि फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

सुनको मूल्य घट्यो, आज तोलामा कति?

आज एकैदिन १२ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज