Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

Author Avatar साझा न्यूज 24th November 2026 , 11:20 AM
कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

कपिलवस्तु, ८ मङ्सिर  । कार्तिक शुक्ल पूर्णिमा (नहान) का अवसरमा मंगलबार कपिलवस्तुका विभिन्न १९ स्थानमा परम्परागत मेला लागेको छ। जिल्लाका विभिन्न नदीघाट तथा धार्मिकस्थलमा लागेको मेलामा ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहेको छ।

बाणगङ्गा नदीस्थित रामघाट, लक्ष्मणघाट, मनोहरापुर, बर्गदीघाट, कजरहवा, बेलसपुर, पसोहिया पुल, ककरहवा, समेरीघाट, सुरही खोला, शङ्करपुर नहर, महादेवाघाट, चौरगहवा, तिर्खिखीलगायत स्थानमा मेला लागेको हो।

जिल्लाकै पुरानो र ऐतिहासिक मेलाका रूपमा परिचित कपिलवस्तु नगरपालिका–३ स्थित रामघाटमा सबैभन्दा बढी भक्तजनको घुइँचो लागेको थियो। रामघाट मेला व्यवस्थापन समितिका अनुसार यस वर्ष १० हजारभन्दा बढी श्रद्धालुले बाणगङ्गा नदीमा स्नान गरेका छन्। गत वर्षको तुलनामा यस वर्ष भक्तजनको सङ्ख्यासमेत बढेको समितिले जनाएको छ।

मेलामा कपिलवस्तुसहित छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाँची तथा भारतको शोहरतगढ, तुलसीपुर र अलीगढवालगायत स्थानबाट भक्तजन आएका थिए। मेलाका लागि सोमबार रातिदेखि नै रामघाटमा श्रद्धालु जम्मा भएका थिए। उनीहरूले रातभर जाग्राम बसी भजनकीर्तन, पूजापाठ, प्रवचन तथा भागवत पाठ गरेका थिए। बिहान सबेरै नदीमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गरेका थिए।

कार्तिक शुक्ल पूर्णिमाका दिन नदीमा स्नान तथा पूजाआजा गर्दा पाप नाश भई पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। यस अवसरमा सयौँ भक्तजनले गौपूजा गर्नुका साथै गाई, अन्नपात र नगद दान गरेका थिए।

धार्मिक किंवदन्तीअनुसार त्रेतायुगमा भगवान् राम वनवास जाने क्रममा प्यास लागेपछि बाण प्रहार गरी पानी उत्पत्ति गराउनुभएको थियो। सोही पानीमा स्नान तथा जलपान गरेपछि यस स्थानको नाम रामघाट रहन गएको जनविश्वास छ। प्राचीन भागीरथीका रूपमा समेत परिचित बाणगङ्गा नदीको धार्मिक तथा ऐतिहासिक महत्त्व रहेको श्रद्धालु बताउँछन्।

गौदानका लागि यशोधरा गाउँपालिका–स्थित भडेहरबाट आउनुभएका वृद्ध पुजारी राम गिरीले भगवान् रामको बाणबाट उत्पत्ति भएको विश्वास गरिने बाणगङ्गा नदीमा स्नान गरी गौदान गर्दा पुण्य प्राप्त हुने बताउनुभयो। “भगवान् राम, सीता र लक्ष्मणले स्नान गरेको नदीमा स्नान गरी गौसहित अन्नपात दान गर्नाले वैतरणी पार हुने धार्मिक विश्वास छ”, उहाँले भन्नुभयो।

कपिलवस्तु नगरपालिका–३ सडवाका मोहन शुक्लाले पुर्खादेखि चल्दै आएको परम्परालाई निरन्तरता दिँदै प्रत्येक वर्ष कार्तिक पूर्णिमामा रामघाटमा दान गर्दै आएको बताउनुभयो। “बाजेबज्यैको पालादेखि नै हामीले यहाँ दान गर्दै आएका छौँ। यसले पारिवारिक शान्ति र सुख मिल्ने विश्वास छ”, उहाँले भन्नुभयो।

मेलामा जिल्लासहित भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा सन्त, महन्त तथा साधुसन्तको सहभागिता रहेको कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरेले बताउनुभयो। उहाँका अनुसार मेलालाई व्यवस्थित र आकर्षक बनाउन स्थानीयस्तरबाट आवश्यक व्यवस्थापन गरिएको छ।

कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले रामघाट मेलालाई व्यवस्थित र थप रमणीय बनाउन नगरपालिका प्रयासरत रहेको बताउनुभयो। कार्तिक पूर्णिमाको अवसरमा जिल्लाका १० स्थानीय तहमध्ये सातवटाले स्थानीय बिदासमेत दिएका थिए।

मेलामा हुन सक्ने सम्भावित दुर्घटना तथा अप्रिय घटना रोक्न ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

एनपीएलको उपाधिका लागि फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएलको उपाधिका लागि फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

भर्खरै प्रकाशित

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज