Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उद्यमीको व्यवसाय र उपलब्धिबारे संयुक्त अनुगमन

Author Avatar साझा न्यूज 26th November 2026 , 10:47 AM
उद्यमीको व्यवसाय र उपलब्धिबारे संयुक्त अनुगमन

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सञ्चालित ‘समृद्धिका लागि उडान’ परियोजनाअन्तर्गत विभिन्न उद्यम तथा व्यवसायको संयुक्त अनुगमन गरिएको छ।

दलित सामाजिक विकास केन्द्र र केयर नेपालको आर्थिक सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत गाउँपालिकाका वडा नं. ४ र ६ मा सञ्चालन भइरहेका उद्यम तथा व्यवसायको प्रगति, उपलब्धि र प्रभावकारिताबारे जानकारी लिन जिल्ला तथा पालिकास्तरीय अनुगमन गरिएको हो।

अनुगमन टोलीले वडा नं. ४ को मधुनगर र महादेव तथा वडा नं. ६ को बास्कोर र कर्मा क्षेत्रमा सञ्चालित विभिन्न उद्यमको स्थलगत अवलोकन गरेको थियो। टोलीले सुनिता पासीको डल तथा कुशन निर्माण उद्योग, रिमा चमार र शालु कुर्मीको कस्मेटिक पसल, रोशनी कोरी र ज्योति बरईको किराना पसल, सोनमती कुर्मीको तरकारी तथा कृषि व्यवसाय, दुर्गामती लोहारको खाजा तथा नास्ता पसल, सुमित्रा कुर्मीको बाख्रापालन र उर्मिला पासीको किराना पसलको अवस्थाबारे जानकारी लिएको थियो।

अनुगमनका क्रममा उद्यमीले परियोजनाबाट प्राप्त गरेको सीप, ज्ञान तथा सहयोगको उपयोग, व्यवसायबाट भइरहेको आम्दानी, आर्थिक आत्मनिर्भरता र व्यवसाय सञ्चालनमा देखिएका समस्याबारे छलफल गरिएको थियो। उद्यमीले व्यवसाय विस्तार, बजार व्यवस्थापन, पुँजीको अभाव तथा निरन्तरताका चुनौतीसमेत प्रस्तुत गरेका थिए।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले परियोजनाबाट प्राप्त सीप र सहयोगलाई व्यवहारमा उतार्दै उद्यमी आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर हुनुपर्ने बताउनुभयो। स्थानीयस्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै उहाँले प्राप्त उपलब्धिको दिगोपनामा जोड दिनुभयो।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशरण चौधरीले स्थानीय महिलालाई उद्यमशील बनाउँदै आयआर्जनमा जोड्ने परियोजनाको प्रयास प्रशंसनीय रहेको बताउनुभयो। उहाँले उद्यमीलाई व्यवसाय विस्तार र निरन्तरताका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।

गैरसरकारी संस्था महासङ्घ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेले सीपमूलक तालिम र आर्थिक सहयोगलाई उत्पादन तथा आम्दानीसँग जोड्न सके मात्रै परियोजनाको वास्तविक उपलब्धि देखिने बताउनुभयो। उहाँले उद्यमीलाई बजार पहुँच, व्यवसाय व्यवस्थापन र निरन्तरताका लागि आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो।

अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख रमेश कुर्मी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय खड्का, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जयप्रकाश पाण्डे, संस्थाका सचिव रोहित कोरी, परियोजना संयोजक रत्नबहादुर डाँगीलगायत पालिकाका कर्मचारी तथा संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शैक्षिक सामग्री र खाद्यान्न पाएपछि विद्यार्थी तथा अभिभावकमा खुसी

शैक्षिक सामग्री र खाद्यान्न पाएपछि विद्यार्थी तथा अभिभावकमा खुसी

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

भर्खरै प्रकाशित

उद्यमीको व्यवसाय र उपलब्धिबारे संयुक्त अनुगमन

उद्यमीको व्यवसाय र उपलब्धिबारे संयुक्त अनुगमन

शैक्षिक सामग्री र खाद्यान्न पाएपछि विद्यार्थी तथा अभिभावकमा खुसी

शैक्षिक सामग्री र खाद्यान्न पाएपछि विद्यार्थी तथा अभिभावकमा खुसी

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज