Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भारतमा दुर्घटनामा परि सत्र जनाको मृत्यु

Author Avatar साझा न्यूज 9th June 2021 , 3:41 PM
भारतमा दुर्घटनामा परि सत्र जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

मंगलबार राति कानपुरनजिक भएको निकै भयानक प्रकृतिको उक्त दुर्घटनामा परेर अरु १८ जना घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ ।

कोरोना भाइरस महामारीको दोस्रो लहर भारतमा केही मत्थर हुन थालेपछि गाउँघर फर्किएका मजदुरहरु पुनः कामको खोजीमा निस्कन थालेका छन् । दुर्घटनामा परेका मजदूरहरु तिनैमध्येका रहेका एपीले जनाएको छ । बसमा सवार मजदुरहरु पश्चिमी गुजरात प्रान्तको अहमदाबादतर्फ जाँदै थिए ।

विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएसँगै तीव्र गतिमा रहेको बस सडकमा पल्टिएको थियो । भ्यानमा बिस्कुट बनाउने कारखानामा कार्यरत मजदुरहरु रहेका थिए । मृत्यु हुनेहरु अधिकांश भ्यानमा सवार मजदुरहरु रहेको बताइएको छ ।

उक्त घटनामा परेका १६ जनाको घटनास्थलमै ज्यान गएको र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

भारतमा हरेक वर्ष एक लाख १० हजारभन्दा बढी व्यक्तिको सडक दुर्घटनामा ज्यान जाने गरेको छ । अधिकांश अवस्थामा चालकको लापरवाही, सडकको कमजोर अवस्था र पुराना सवारी साधनका कारण दुर्घटना हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

राष्ट्रपति रामचन्द्र पौडेल जापानमा

राष्ट्रपति रामचन्द्र पौडेल जापानमा

नेपाललाई भारतले ८ सय करोड भारु अनुदान दिने

नेपाललाई भारतले ८ सय करोड भारु अनुदान दिने

विश्व राजनीति : ईयु-अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

विश्व राजनीति : ईयु-अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

ग्रिनल्यान्ड अधिग्रहण विवाद चर्कियो

ग्रिनल्यान्ड अधिग्रहण विवाद चर्कियो

भर्खरै प्रकाशित

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ

फरार प्रतिवादी पक्राउ, कैद भुक्तानका लागि कारागार चलान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज