काठमाडौँ । सर्वोच्च अदालतको संवैधानकि इजलासमा आज नागरिकता अध्यादेशविरूद्धको रिटमा सुनुवाइ हुँदै छ ।
आजको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । जेठ २१ गते सुरू प्रारम्भिक सुनुवाइमा सर्वोच्चले आज दुवै पक्षको धारणा सुनेपछि अन्तरिम आदेश दिने/नदिने टुंगो लगाउने छ ।