Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानमन्त्रीद्वारा देशको पहिलो तरल अक्सिजन प्लान्टको शिलान्यास

Author Avatar साझा न्यूज 13th June 2021 , 6:13 PM
प्रधानमन्त्रीद्वारा देशको पहिलो तरल अक्सिजन प्लान्टको शिलान्यास

bzf}+ dxflwj]zg cfof]hs sld6Lsf] a}7s sf7df8fF}, !) j}zfv M g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_ sf] bzf}+ dxflwj]zg cfof]hs sld6Lsf] z'qmaf/ afn'jf6f/df a;]sf] a}7sdf k|wfgdGqL s]kL zdf{ cf]nLnufot . t:jL/M /f;;

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गर्नुभएको हो ।

शिलान्यास गर्दै उहाँले कोभिड-१९ महामारीको दोस्रो लहर शुरु भएपछि अक्सिजनको अभाव व्यहोरेको उल्लेख गर्दै प्लान्टको स्थापना असाधारण खुशीको विषय भएको बताउनुभयो ।

‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिण्डरको अभाव ग्रस्त बनायो, त्यतिबेला हामीले महङ्गो मूल्य तिरेरै पनि अक्सिजन सिलिण्डर किन्यौँ’, उहाँले भन्नुभयो । दोस्रो लहरसँगै स्वास्थ्य सामग्रीको माग बढेपछि भारतबाट अक्सिजनलगायत स्वास्थ्य सामग्री आयात गरेको उल्लेख गर्दै त्यस अवस्थामा सरकारले देशभित्रै अक्सिजन उत्पादन गर्ने सोच राख्दै हरेक सय श्ययाभन्दा बढी भएका अस्पतालले अनिवार्य रुपमा आफैँले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्थासमेत ल्याएको पनि प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो ।

महामारीका समयमा अक्सिजन प्लान्टले पनि नपुग्ने देखिएकाले तरल अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले दोस्रो लहर उचाइमा चढिरहेका बेला तरल अक्सिजन प्लान्ट राख्ने उद्योगी शङ्कर अग्रवालको प्रयास सराहनीय एवं देशप्रति उत्तरदायी भावनायुक्त भएको बताउनुभयो ।

उहाँले कोरोना महामारीबाट अभिभावकविहीन भएका बालबालिकालाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारीे दिनुभयो । ‘महामारीका कारणले अभिभावक गुमाएका बालबालिकालाई के गर्ने भन्नेबारेमा अध्ययन हुँदैछ र त्यसअनुसार आवश्यक कदम चालिने छ’, उहाँले भन्नुभयो ।

अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी पनि उहाँले दिनुभयो । आगामी दिनमा कोभिड-१९ को महामारी हटिसकेपछि पनि प्लान्टबाट उत्पादन हुने अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्न सक्ने भन्दै उहाँले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिनेसमेत बताउनुभयो । अक्सिजन प्लान्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउनसमेत सहज हुने उहाँको भनाइ थियो ।

रुपन्देहीको सिमरहवामा स्थापित उक्त प्लान्टबाट दैनिक ६० मेट्रिक टन अक्सिजन उत्पादन हुन्छ । त्यसबाट दैनिक सात हजार ठूला सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

उद्याेगमन्त्री यादवकाे राजीनामा

उद्याेगमन्त्री यादवकाे राजीनामा

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज