Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महन्थ ठाकुरले कीर्ते गरेको उपेन्द्र पक्षको आरोप

Author Avatar साझा न्यूज 19th June 2021 , 8:15 PM
जसपाका दुवै समूहको माग दाबी निर्वाचन आयोगद्वारा अस्वीकार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले दलको विवरण परिवर्तन गरेको प्रति अर्का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् । जसपा नेपाल उपेन्द्र यादव पक्षका प्रचार विभाग प्रमुखले डम्बर खतिवडाले शनिवार एक विज्ञप्ति जारी गरी अध्यक्ष ठाकुरले जालजासी काम गरेको आरोप लगाएका हुन् ।

गत पुस ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिका सम्पूर्ण निर्णयहरु सोही दिन अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको संयुक्त हस्ताक्षरद्वारा सार्वजनिक गरिएको थियो । उक्त निर्णय कार्यकारिणी सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेश समिति, जिल्ला समिति लगायत सम्पूर्ण भातृ संगठनहरुलाई संयुक्त हस्ताक्षरद्वारा निर्णयको रुपमा परिपत्र समेत जारी गरिएको छ । तर त्यसमा केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार महन्थ ठाकुरलाई दिने निर्णय कतै उल्लेख नभएको यादव पक्षको भनाइ छ ।

यसरी हुँदै नभएको निर्णयलाई निर्णय भएको भनि असार १ गते झुठा विवरण लेखेर कीर्ते, जालजासी गरी निर्णय भएको भन्दै महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएको खतिवडाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आयोग, पार्टीपंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानुनी तथा दण्डनीय कार्य रहेको उल्लेख गर्दै खतिवडाले सो कार्यप्रति खेद प्रकट गरेका छन् ।

अध्यक्ष ठाकुरले असार १ गते जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति हेरफेर तथा पुनर्गठन भएको जानकारी आयोगलाई गराएका थिए । अध्यक्ष ठाकुरले उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्ष २० जना थपेका छन् । जसपाको कार्यकारिणी समितिमा आफ्नो बहुमत नभएपछि अध्यक्ष ठाकुरले २० जनालाई हटाएर आफ्ना पक्षका २० जना थपेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

कार्यालय प्रमुखसहित ४ चना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

हराएको अठार महिनापछि गाडिएको अवस्थामा बस फेला

हराएको अठार महिनापछि गाडिएको अवस्थामा बस फेला

भर्खरै प्रकाशित

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

श्रेया बडु अभिनीत  “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

श्रेया बडु अभिनीत “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज