Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

१४औं महाधिवेशननको पूर्व सन्ध्यामा


१४औं महाधिवेशननको पूर्व सन्ध्यामा

महेन्द्र खनाल
नेपालमा लोकतन्त्र प्राप्तीका लागि शुरु देखि नै संघर्ष गरेको पार्टि हो , नेपाली काँग्रेस । देशमा भएका सबै जसो आन्दोलनमा निर्णायक भूमिका खेलेको पार्टि हो । त्यसैले नेपाली राजनीतिमा लोकतन्त्र र नेपाली काँग्रेस लाई पयार्यवाची मानिन्छ । अहिले आन्तरिक किचलो र कमजोर संगठनात्मक कार्यशैलीका कारण संसदमा अत्यन्त कम उपस्थिति सहित प्रतिपक्षमा रहेको छ । सदनमा प्रस्ताव दर्ता गर्न समेत अप्रयाप्त सांसदहरु भएको कारण प्रतिपक्षको भूमिका पनि कमजोर थियो । सधै जनताको बिश्वासले सत्तामा बसेका नेपाली काँग्रेसका नेताहरुले आफ्नो उपस्थिति लाई स्वीकार गरेको पनि देखियो । तरअब नेता देखि कार्यकता सबैले परिणाम भोगेका कारण, पार्टिको पुर्नताजगीकरणको जरुरी छ । अहिले नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाण्डौमा आयोजना गरिएको छ । जुन नेपालको राजनीति बृत्तमा चर्चाको बिषय भएको छ । अबको पार्टि सभापति, जिल्ला सभापति , नगर सभापति को बन्ने भन्ने कुराकानी चिया पसल , चोक , चौतारीमा राम्ररी शुरु भई सकेको छ ।
महाधिवेशन कुनै पनि दलको सर्बोच्च निकाय हो । यसले नेतृत्व चयन गर्ने मात्र होइन , नीति नियम पनि बनाउँछ । आगामी कार्यवधिका लागि मार्गचित्र बनाउन पनि महाधिवेशनको महत्वपूर्ण भूमिका हुन्छ । सैद्धान्तीक बहस र छलफल गरि पार्टिले अपनाउने आगामी कार्यदिशा महाधिवेशन बाटै तय गरिन्छन । यस मानेमा अहिलेको नेपाली काँग्रेसको महाधिवेशन नेतृत्व परिवर्तन तर्फ मात्र लक्षित नभई, बारम्बार चर्चा गर्ने गरिएको धर्म निरपेक्षता , संघियताका सवालमा आफ्नो धारणा स्पष्ट बनाउने तर्फ पनि केन्द्रित हुनु पर्छ । नेपालको संंबिधान र पार्टिको बिधानले स्वीकार गरे पनि, यी बिषयमा बेला बेला केन्द्रिय स्तरका नेताहरु बाट फरक धारणा आउने गरेको छ । धर्म निरपेक्षता र संघियता यदि बास्तव मै पेचिलो भएको हो भने , यसै महाधिवेशन बाट यसको परिमार्जन गर्ने वा निरन्तरता दिने जस्ता बिषय छलछफल बाट टुङ्ग्याएको राम्रो हुन्छ ।
महाधिवेशनको तयारी सम्बन्धमा शुरुमा क्रियाशील सदस्यता वितरणमा अनियमितता भएको भनि विवाद पनि भएको थियो । क्रियाशील सदस्यता वितरण गर्दा नेतृत्वमा रहेकाहरु द्धारा आफ्नो नजिककाहरु लाई मात्र सदस्यता वितरण गर्ने तर्फ ध्यान दिएको पाइयो । जसले गर्दा पार्टिको तल्लो देखि माथिल्लो तह सम्म एके अनुहार बारम्बार दोहोरिने गरेको भन्ने गरिन्थ्यो । त्यसकारण पार्टिको सदस्यता वितरण क्याडर बेस होइन मास बेस बनाउने चर्चा सुनियो । समुहगत रुपमा सबैलाई सदस्यता वितरण गरे पछि सबै सदस्यको हैसियत समान हुन्छ भन्ने मान्यता थियो तर कार्यान्वयन भएन । अहिले फेरी उहि क्रियाशिल सदस्य (क्याडर) लाई नै जोड दिइयो । यस सम्बन्धमा पनि यदि परिवर्तन गर्न चाहेको हो , भने महाधिवेशन बाटै निक्र्यौल गर्नु जरुरी छ । यस्ता प्रमुख मुद्धाहरु सर्वोच्च निकाय महाधिवेशन बाट टुङ्ग्याउनु स्वभाविक रुपमा उचित हुन्छ ।
अहिले देखिएको प्रमुख मुद्धा भनेको नेतृत्व परिवर्तन हो । जसमा सबैको चासो छ । आम पार्टि कार्यकर्ता , नेतृत्व नयाँ पुस्ता हस्तान्तरण गर्न चाहन्छन । पुरानो पुस्तामा बर्तमान सभापति र बरिष्ठ नेता तथा उनका समकक्षीहरु छन । जुन बहुदलिय व्यवस्थाको पुर्नस्थापना पछि बारम्बार पार्टि र सरकारमा बस्दै आएकाछन । उनीहरु पछिको अर्को पुस्ताका नेपाली काँग्रैसको बिरासत बाट आएका नेताहरु अहिलेको महाधिवेशनका प्रबल दावेदार हुन । कोइराला परिवारका आधिकारिक हकदार अझै अन्तीम नभए पनि सम्भावित डा. शेखर कोइराला , सर्वोच्च नेता गणेशमान पुत्र प्रकाशमान सिंह,मधेशमा राम्रो स्थान बनाएका संस्थापक महामन्त्री महेन्द्र नारायण निधि पुत्र बिमलेन्द्र निधि , यी तिन नेताहरु अहिलेको महाधिवेशनका सम्भावीत र योग्य उम्मेदवारहरु हुन । पार्टि सभापतिमा दावी गर्दै आएका शेखर , प्रकाश र बिमलेन्द्रलाई योग्य उम्मेदवार देखिन्छ । अझै कोइराला परिवार भित्रै पनि आकांक्षीहरु धेरै छन भने प्रकाश संस्थापन इतर र बिमलेन्द्र संस्थापक समूहका कोइराला परिवार बाहिरका हुन, जुन पारीवारिक बिरासत भएका नेता भएकोले मिलेर जाने वा आ –आफ्नो दावी गर्ने अन्तिम हुन बाँकि नै छ ।
समय अझै धेरै बाँकि छ , त्यति बेला सम्म आन्तरिक अभ्यासहरु धेरै हुन्छन । लेनदेनका कुराहरुमा सम्झौता गर्नु पर्छ । स्वयम सभापति ज्यूको दावी कायमै छ भने लामो समय राजनीति गरे पनि न सरकार न दलमा प्रमुख स्थान पाएका बरिष्ठ नेताको आधिकारिक भनाइ अझै आएको छैन । यस्तो अवस्थामा सबै कुराको अन्तिम टुङ्गो लागेको छैन । यसका लागी पनि केहि समय पर्खनै पर्छ । आगामी असार २० गते देखि बिधिवत रुपमा महाधिवेशन शुरु हुने कार्यतालिका सार्वजनिक भएको छ । यहि असार २० गते क्रियाशील सदस्यको नामावलि सभापति लाई बुझाउने कार्यक्रम रहेको छ । असार २४ गते सम्म उक्त क्रियाशिल सदस्यता सभापतिले सहि गरेर निर्वाचन समिति लाई बुझाइने छ । त्यस पछि लगतै अधिवेशनहरु शुरु हुने कार्यक्रम रहेको छ । साउन ६ गते वडा अधिवेशन, साउन ११ गते गाँउ र नगर अधिवेशन , साउन १६ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन र साउन २० गने एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साथै साउन २४ गते एक भन्दा बढि निर्वाचन क्षेत्र हुने जिल्लाहरुको अधिवेशन रहेको छ । मुलुक संघियतामा गई सकेको कारण अव प्रदेश समिति पनि गठन गर्न पर्ने भएकोले भदौ १ र २ गते प्रदेश अधिवेशनको मिति पनि तय गरिएको छ ।
कोरोना प्रकोप साम्य भएको अवस्थामा अधिवेशनहरु यथासम्भव सम्पन्न होलान । तर कोरोनाको बिगबिगि कायम रहे समय समाप्त भई सकेको भए पनि अधिवेशन सम्पन्न गर्न गाह्रै पर्ला । त्यसकारण बर्तमान अवस्था लाई सहज भएको सबैले हेर्न चाहेकाछन । कोरोना प्रकोप यथावत रहे पनि महाधिवेशन गर्ने पर्ने भएको छ । त्यसकारण जिल्ला जिल्ला बाटै मत संकलन गरेर भए पनि महाधिवेशन सम्पन्न गर्ने चर्चा भएको छ । भर्चुअल माध्यम बाट छलफल र सभा गर्ने , मतदान जिल्ला मै गर्ने भन्ने पनि अहिले चर्चा भै रहको छ । जे भए पनि महाधिवेशन स्थगित नहुने प्रबल सम्भावना छ र जरुरी पनि छ । पार्टिको पुर्नसंरचना र आन्तरिक ब्यवस्थापन लाई यस महाधिवेशनले अवश्य यथास्थनमा ल्याउँछ भन्ने सबैको अपेक्षा रहेको छ । यो विचार आजको साझा न्यूज पत्रिकामा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासन र बिकासको अनुभुति आम जनतालाई कहिले ?

सुशासन र बिकासको अनुभुति आम जनतालाई कहिले ?

आस्थाको पर्व छठ

आस्थाको पर्व छठ

धनतेरसको महत्व

धनतेरसको महत्व

कर्णाली प्रदेशका नव नियुक्त दुई मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशका नव नियुक्त दुई मन्त्रीले लिए शपथ

आगामी निर्वाचनमा एक्लै चुनावमा जाने हिम्मत एमालेमा मात्र

आगामी निर्वाचनमा एक्लै चुनावमा जाने हिम्मत एमालेमा मात्र

स्वतन्त्र पार्टी भन्नु जनतालाई भ्रमित र गुमराहमा पार्नु

स्वतन्त्र पार्टी भन्नु जनतालाई भ्रमित र गुमराहमा पार्नु

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि