Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

Author Avatar साझा न्यूज 28th July 2025 , 2:33 PM
पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

वशिष्ठ तिवारी
ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक हिसाबले समृद्द बुद्धको गृह जिल्लाको रुपमा परिचित जिल्ला कपिलवस्तु हो । कपिलवस्तुमा शय भन्दा बढी पुरातात्विक स्थलहरु रहेको हुँदा यो जिल्ला खुला संग्राहलयको रुपमा परिचित छ । जिल्लाको सदरमुकाम तौलिहवा बजारको मुटुमा अवस्थित प्राचिन महत्वको सम्पदाले भरिपूर्ण स्थल रहेको छ । तौलिहवा देखि १० कि मि दक्षिणमा छिमेकि रास्ट्र भारत रहेको छ , ५ कि मि उत्तरमा शाक्य गणराज्यको राजधानी प्राचिन कपिलवस्तु दरबार (तिलौराकोट) रहेको छ, २५ कि मि पूर्वमा बुद्ध जन्मस्थ्ल लुम्बिनी रहेको छ, २ किमी दक्षिणमा निग्रोधाराम (कुदान) अवस्थित अवस्थित छ ।
यो प्राचिन शिव मन्दिर सामान्य जमिन भन्दा हल्का उठेको पहाडको सानो चुच्चो जस्तो ढिस्कोमा अवस्थित छ । शिखर शैलीमा निर्मित यस मनिदरमा कुल पांच वटा मण्डप एवं चार वटा द्वार रहेको छ जस मद्धे पश्चिम तिरको द्वारमा शिवको सवारी पुर्वाभिमुख नन्दी आसिन भएको हुँदा पश्चिम द्वार मन्दीर प्रवेशको लागि मुख्य मानिन्छ । मन्दिरमा भएको चार वटा मण्डप हरु क्रमशः आग्नेय (पूर्व–दक्षिण), नैऋत्य (दक्षिण–पश्चिम), वायव्य (उत्तर–पश्चिम), ईशान (उत्तर–पूर्व) एवं पाँचौ मण्डप पश्चिम दिशामा अवस्थित रहेको छ जस मुनि नन्दी आसिन हुनुको साथ् साथै श्रद्धालुहरु आरतीको समयमा उपस्थित भई घन्ट एवं घन्टीहरु वाजाउने गर्छन । गर्भ गृह संगै जोडिएको एउटा प्रदक्षिणा पथ रहेको छ जसको आग्नेय (पूर्व–दक्षिण) मा माता दुर्गाको मुर्ती स्थापना गरिएको छ, नैऋत्य (दक्षिण–पश्चिम मा माता कालिको मुर्ती स्थापना गरिएको छ, वायव्य (उत्तर–पश्चिम), मा भगवान नटराजको पमुर्ती स्थापित गरिएको छ, ईशान (उत्तर–पूर्व मा श्री राम भक्त हनुमान जि को मुर्ती स्थापना गरिएको छ ।
मन्दिरको मूल गर्भ गृहमा एक कालो रंगको गुप्त कालिन शिव लिंग स्थापित गरिएको छ । यस शिव लिंगको उचाई करिब ३ फिट रहेको छ , यो बहुतै उच्च र ठाडो शिवलिङ्ग हो, सामान्यतया देखिनेभन्दा अग्लो, जुन “उध्र्वलिङ्ग“ को प्रतिक हो, अर्थात् ब्रह्माण्डीय ऊर्जा साक्षात् शिवशक्तिको उपस्थिति । शिवलिङ्ग पूर्ण रूपमा कालो पत्थरबाट बनेको देखिन्छ, जुन एकै शिलाबाट निर्मित हुनसक्ने संकेत दिन्छ, यस्तो लिङ्ग पुरातन र दुर्लभ मानिन्छ ।
शिवलिङ्गको आधारमा रहेको योनिपीठ सुनौलो÷ताम्रको आवरणले ढाकिएको छ, जुन शक्तिको प्रतीक हो । योनिपीठ र लिङ्गको संयुक्त प्रतीकले शिव–शक्ति एकत्वको दर्शन दिन्छ। शिवलिङ्गमा एक नागको आकृति देखा पर्छ (ताम्रधातुमा निर्मित), जुन नागदेवता र शिवबीचको सम्बन्ध दर्शाउँछ। शिवलाई “नागभूषण“ पनि भनिन्छ — अर्थात् जो सर्प धारण गर्ने भगवान् हुन्। वरिपरि देखिएको घेरावार र संरक्षित मण्डलले यो स्थानको धार्मिक महत्त्व र यसको संरक्षणप्रति स्थानीयको श्रद्धा प्रकट गर्छ ।
प्रारम्भिक युगका (पूर्व–मौर्य, मौर्य, शुंग) लिङ्गहरूमा गोलाकार पिठ प्रचलित थियो। परम्परागत “योनी“ जस्तो आकृति (त्रिकोणीय नालीसहितको) पछि आउने काल, गुप्तकाल र तान्त्रिक प्रभावसँगै विकसित भयो। यसले संकेत गर्छ कि यो लिङ्ग अझ प्राचीन हो, सम्भवतः मौर्यकालीन वा पूर्व–तान्त्रिक कालको सक्छ । गोलो पिठ बनाउनु सजिलो हुन्छ, विशेषतः जब ढुंगामा हस्तनिर्मित नालाहरू बनाउने प्रविधि सीमित थियो। गोलाकार पिठमा नाली (spout) प्रायः हुँदैन, वा सिधा बहावका लागि सानो छिद्र प्रयोग गरिन्थ्यो । ताम्र पिठले मूल ढुंगालाई संरक्षणका लागि ढाकेको पनि हुन सक्छ। त्रिकोणाकार वा स्पष्ट योनी भएको लिङ्ग तान्त्रिक परम्परामा शक्ति र स्त्री पुरुष सृष्टिको मिलनलाई दर्शाउँछ । गोलाकार आधार भने वैदिक वा उपनिषदकालीन “निर्गुण शिव“ उपासना शैली सँग सम्बन्धित छ, जहाँ शिवलाई आकारातीत र निराकार मानिन्छ । मूल पिठ नासिएको वा क्षतविक्षत भएपछि त्यसलाई धातुले ढाकेर पूजनीय रूप दिइएको सम्भावना पनि रहन्छ । तराई क्षेत्र, विशेषतः नेपाल–उत्तर भारतको सीमावर्ती क्षेत्रमा, कतिपय शिवलिङ्गहरू स्थानीय शैलीमा, जातीय–सांस्कृतिक दृष्टिले अनुकूल बनाइन्थे । तौलिहवा जस्तो प्राचीन स्थलमा यस्तो देशज शिल्पकला (indigenous form) भएको पनि हुन सक्छ ।
तौलेश्वरनाथ शिव लिंगको मुख्य विशेषता
यो शिवलिङ्ग एकै प्रकारको कालो ढुंगाबाट तराशिएको छ, जुन प्राचीन भारत र नेपालमा सामान्यतः ग्राभो, बेसाल्ट वा शिला सम्बन्धी शिलाहरू प्रयोग गरेर बनाइन्थ्यो । यस्तो एकाश्मीय (monolithic) शिवलिङ्गहरू मौर्य वा शुंगकालीन परम्परा अनुसार निर्माण गरिन्थ्यो । लिङ्गको अनुपात अत्यन्तै सन्तुलित र ठाडो देखिन्छ, जुन पूर्ववैदिक÷वैदिककालीन शिल्पशास्त्र (स्थापत्यशास्त्र) अनुसार हो । प्राचीन ग्रन्थहरू अनुसार लिङ्गको उचाइ र व्यासको अनुपात औपचारिकता र प्राचीन परिकल्पनाको सूचक हो । लिङ्ग योनिपीठमा स्थापित छ, जुन धर्मशास्त्रीय रूपमा ‘शिव र शक्ति’ को मिलनको प्रतीक हो। योनिपीठ गोलाकार र प्रशस्त बनावटमा छ, जुन वैदिककालीन पञ्चायतन शैली को आधार संरचनासँग मेल खान्छ । यो लिङ्गमा देखिएको चमक र गहिरो पोलिश देखाउँछ कि यो अत्यन्तै प्राचीन ढुंगा प्रशोधन प्रविधि (stone dressing & polishing technique) प्रयोग गरी बनाइएको हो जुन मौर्यकाल (सम्राट अशोकको युग) सम्म उच्च स्तरमा थियो । यो लिङ्ग तौलिहवाको माटोमुनि रहेको प्राचीन इँटेको टीला (mound) मा रहेको मन्दिरमा स्थापित छ । P.C. Mukharji को प्रतिवेदन अनुसार, यहाँका टायलहरू, इँटहरूको बनावट, र वास्तुकला पाटलिपुत्र जस्ता ऐतिहासिक नगरहरूसँग तुलना गर्न मिल्ने छन् । यदि वैज्ञानिक विधिबाट (जस्तैः Thermoluminescence Dating, Petrographic Analysis) परीक्षण गरियो भने, यो लिङ्ग ई.पू. ३ चम – ई. ६तज शताब्दी भित्रको हुनसक्छ । यो शिवलिङ्ग केवल धार्मिक प्रतीक मात्र नभई प्राचीन नेपाल–भारत सिमाना क्षेत्रको सांस्कृतिक सम्पर्क, शिल्प प्रविधि र ऐतिहासिक धर्म र परम्पराको सजीव साक्षी हो ।
ऐतिहासिक पक्ष
तौलिवेश्वर मन्दिर तौलिवा क्षेत्रको प्राचीन ईंटे टीला (mound) मा बनेको एकमात्र ईंटे संरचना थियो यो मन्दिर सम्भवतः बुद्धकालभन्दा पनि पहिलाको हो वा त्यसै समयको हुसक्छ किनभने मिखर्जीले यसै क्षेत्रलाई कपिलवस्तुको मुख्य क्षेत्र मानेका छन् । यस शिवलिङ्गलाई “तौलिवेश्वर नाथ” नामले पूजा गरिनु को साथ् साथै तौलिहवा बजार समेत उक्त शिवलिंगको नाम बाटै नामाकरण भएको छ । यो शिव लिङ्ग तौलिहवा, तिलौरा र लुम्बिनी क्षेत्रको बीचमा अवस्थित भएकोले, कतिपय विद्वानले यसलाई नै शिशु बोधिसत्त्व (सिद्धार्थ गौतम) को प्रथम पूजा स्थल मानेका छन् । पी.सी. मुखर्जी अनुसार यही महादेव ती ईश्वर हुन सक्छन्, जसलाई शिशु बुद्धले पहिलो पटक देखे र प्रणाम गरे । यो शिव लिंग एवं मन्दिर अत्यन्तै ऊर्जाशील र तपस्वीहरूको आकर्षण केन्द्र मानिन्छ। यहाँ छिमेकी रास्ट्र भारत बाट समेत तिर्थालु बारह महिना आउने गर्दछन् । शिवलिङ्गको अग्लोपन र शुद्धता तपस्याका लागि उपयुक्त मानिन्छ, र यसको दर्शनले मन, वाणी र कर्म शुद्ध हुने विश्वास छ । यदि यस लिङ्ग वरिपरि पुरातात्त्विक उत्खनन गरियो भने, थप प्राचीन अवशेषहरू भेटिन सक्ने उच्च सम्भावना छ , जसले कपिलवस्तु र वैदिक कालबीचको सम्बन्ध खोल्न सक्छ ।
डा गीतु गिरीले लेखेको पुस्तकको पृष्ठ सं. ८७ मा यसरी उल्लेख गरेका छन् । लोक (दन्त) कथा अनुसार तौलिहवा क्षेत्रमा मान बस्ति बस्नु अघि आस पासका क्षेत्र वाट चार पाया जस्तै गाई, भैंशी, चराउन आएका गोठालाहरुले त्यहाँ रहेको कालि निलो प्रस्तरमा हँसियामा धार लगाउदा आकस्मिक रुपमा रगत देखा परेकोले हल्ली खल्ली मच्चियो । त्यस क्षेत्रका जमिन्दार पुरीहरुले देवालय बनाई शिवलिंग प्रतिस्थापित गरि नियमित पुजा आजाको प्रबन्ध मिलाए ।
यसरी उक्त मन्दिर निर्माण भयो पछि आग लागि भयो एवं त्यस पछि हालको मन्दिर निर्माण भएको पाईन्छ । यस मन्दिरमा गो–स्वामी परम्पराको पुजारी राख्ने प्रचलन रहेको छ । हाल यस मन्दिरमा देश विदेश बाट समेत भक्तहारु दर्शन लाभको लागि आउने गरेको छन । बिशेष गरि साउन महिना र शिवरात्रीमा बढी भिड भाड हुने गरेको पाइन्छ । यस मन्दिरको समितिले नियमित देख रेख गरे त् पनि पुरानो नन्दीलाई बिस्थापित गर्नुको साथ् साथै काठको ढोकाहरु समेत परिवर्तन गरि मन्दिरको प्राचिन महत्वलाई असर गरेको छ ।
सन् १८९९ पी.सी मुखर्जीको प्रतिवेदनमा पृष्ठ सं. १८ र १९ मा देहाय अनुसार उल्लेख गरिएको छ ।
अध्याय ३
तौलिहवा, तिलौरा र तिनको वरपरका भग्नावशेषहरूको वर्णन
तौलिहवा
तौलिहवा तराई प्रान्तीय सरकारको मुख्यालय हो, जहाँका सुब्बा प्रमुख अधिकारी हुन्। यो पिपरहवा भन्दा लगभग ७ माइल उत्तर–पश्चिममा पर्छ, जुन ४४ नम्बरको सीमास्तम्भको नजिक पर्छ, र चन्दापार–शोहरतगढको लगभग ६ माइल उत्तरमा तथा सीमास्तम्भ नं. ५३ को ५ माइल उत्तरमा पर्छ । यो स्थान शहरभन्दा बढी गाउँजस्तो देखिन्छ, जहाँ धेरैवटा घासको झुपडीहरू छन्, र तिनको बीचमा महादेवको मन्दिर (तौलेश्वर) रहेको छ ।
यो ईंटको बनेको एकमात्र संरचना हो र वरपर धेरै प्राचीन ईंटहरू छन् । मन्दिरको छानामा पुरानो पाटलिपुत्रामा पाइएको जस्तो ढाँचाका टायलहरू प्रयोग गरिएको छ । बिशेष प्रकारको टायालहरुको निर्माण नेपाली कुम्हारहरूले बाँसको झ्यालो (८“ ह ४“) प्रयोग गरेर टायल बनाउने गर्दछन् । माथिल्लो सतह औंलाले र तल्लो सतह लठ्ठीले थिचेर बनाइन्छ । यी टायलहरू माटो र बालुवाको मिश्रणबाट बनाइन्छन् र किल्नमा पकाइन्छन् ।
पाटलिपुत्राको टायलसँगको मुख्य भिन्नता भनेको ती टायलहरूमा प्वाल भएको थियो, जुन नेपाली टायलमा छैन । नेपाली शैलीमा टायलहरू एक आपसमा ठ्याक्क मिल्ने तरिकाले राखिन्छन्,कतै तिर छा ढाँचामा । धर्मशालाको परिसर धर्मशालाको बीचमा मन्दिर छ, जुन एक तल्ले हो र त्यसको तल एउटा प्राचीन टीला छ । टीलाको माथिल्लो भाग समथर पारेर मन्दिर र धर्मशालाको निर्माण गरिएको छ । मन्दिरको अगाडि अष्टकोणीय आकृतिमा बनेको मञ्च छ, जहाँ अर्को मन्दिर बनाउने योजना थियो ।
त्यहाँ खम्बामा कुँदिएको महादेवको लिङ्ग छ, र त्यससँगै पिपरहवा बाट ल्याइएको लेख पनि जोडिएको छ ।
म यस महादेवलाई त्यही ईश्वर ठान्छु जसलाई बोधिसत्त्व शिशुले पूजा गर्न थालेको थियो किनभने यो स्थान लुम्बिनी (रुम्मिन्देई) र तिलौराकोटको बीचको मार्गमा पर्दछ, जुन मैले कपिलवस्तुको रूपमा पहिचान गर्ने प्रस्ताव राखेको छु । तौलिहवा प्राचीन स्थल थियो भन्ने प्रमाणहरू तौलिहवा पुरातन कालमा ठूलो स्थल थियो भन्ने कुरा गाउँको उत्तर भागमा रहेका भग्नावशेषहरूले प्रमाणित गर्छ । गाउँ वरपर इँटाका टुक्राहरू भेटिन्छन् जुन निःसन्देह प्राचीन अवशेषहरू हुन् ।
उत्तरतर्फ तिलौराको सडकको पश्चिमतर्फ फैलिएको जमिनमा ईंटे संरचनाहरूको प्रष्ट संकेत देखिन्छ । त्यहाँ एउटा टीला पनि छ, जसमा भग्न भित्ताहरू छन्, र तिनमा पुराना मूर्तिहरूका ढुंगाका टुक्राहरू छन्, जसलाई “समय माई“ भनेर पूजा गरिन्छ ।
समय माई कुनै पनि अधिकृत हिन्दू देवीमा पर्दिनन्, तर उनी एक स्थानीय वन देवी मानिन्छिन्, विशेष गरेर भग्न कोटहरूको रक्षकको रूपमा । उनी तराईका जनताद्वारा सबै खतराबाट जोगाउनका लागि पूजा गरिन्छिन् । यस शिवलिंगको बीच भागमा आठवटा कोण रहेको छ जसलाई अष्ठ कोण भनिन्छ । अष्टकोणीय लिङ्ग (अष्टभुज) अत्यन्त दुर्लभ र तान्त्रिक परम्परामा महत्वपूर्ण मानिन्छ । वैदिककालमा शिवको आठ रूपहरू,अष्टमूर्तिहरू (भव, शर्व, रुद्र, पशन, उग्र, महादेव, भीम, ईशान) को प्रतीकस्वरूप अष्टकोणीय लिङ्ग बनाइन्थ्यो । यस्तो लिङ्ग प्रायः मन्त्र–साधना र तपश्चर्याको लागि बनाइन्थ्यो, न कि केवल सामान्य पूजा–अर्चनाका लागि। अष्टकोणीय लिङ्गको आधार, मापन र समकोणीय किनारहरूबाट यो शिल्पशास्त्र अनुसार तयार गरिएको प्राचीन नमुना हो । यस्तो शुद्ध मापन र बहुभुजीय रूप सटीक ढुंगा तरास्ने कला (stone engineering) मा निपुण शिल्पीहरूद्वारा मात्र सम्भव थियो — सम्भवतः मौर्य वा गुप्त कालीन। अष्टकोणीय लिङ्गहरूलाई शक्तिपीठ वा तान्त्रिक ऊर्जा केन्द्र मानिन्छ । अष्ट कोणहरू साधारणतः आठ दिशाहरूको नियन्त्रण र संरक्षण दर्शाउँछ अर्थात्, लिङ्ग केन्द्रबिन्दु हो र आठ दिशाहरूमा शिवशक्ति फैलिएको छ भन्ने विश्वास । यस्तो लिङ्ग प्रायः पूर्वमौर्य, शुंग, गुप्त वा पाल वंशको समयमा बनाइन्थ्यो । (यो विचार आईतबारको साझा न्यूज पत्रिकामा प्रकाशित छ )

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

११ राजदूतलाई नेपाल फर्कन सरकारले गर्‍याे पत्राचार

११ राजदूतलाई नेपाल फर्कन सरकारले गर्‍याे पत्राचार

आइसिसी विश्वकप लिग–२ : नेपाल युएईसँग पराजित

आइसिसी विश्वकप लिग–२ : नेपाल युएईसँग पराजित

सुनको मूल्य बढ्यो

सुन तोलामा ११ हजार ६ सयले घट्यो

सुनको भाउ आज ३ सय रुपैयाँले घट्याे

सुनचाँदीको भाउमा लगातार रेकर्ड : तोलाको २ लाख ३९ हजार नाघ्याे

‘प्रचण्ड’ गरे क्षतिग्रस्त पार्टी कार्यालय पेरिसडाँडाको अवलोकन

‘प्रचण्ड’ गरे क्षतिग्रस्त पार्टी कार्यालय पेरिसडाँडाको अवलोकन

भर्खरै प्रकाशित

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज