Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

Author Avatar साझा न्यूज 5th June 2026 , 9:07 PM
विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

तौलिहवा(कपिलबस्तु), जेठ २२ गते । दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपालको संयुक्त साझेदारीमा सञ्चालित सीवाईसीसी परियोजनाअन्तर्गत मायादेवी गाउँपालिकामा विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा गाउँपालिकाभित्रका मदरसा तथा सामुदायिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमअन्तर्गत मायादेवीको रियाजुल उलुम आधारभूत विद्यालय, स्वतन्त्र माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, आधारभूत विद्यालय इमिलिया, सरस्वती बुद्धज्योति आधारभूत विद्यालय, जनता आधारभूत विद्यालयमा वृक्षारोपण गरिएको थियो । कार्यक्रमका क्रममा मदरसा र विद्यालय परिसरमा विभिन्न जातका एक हजारभन्दा बढी बिरुवा रोपिएको सीवाईसीसी परियोजनाले जनाएको छ ।
मायादेवी–६ मुगाहरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित वृक्षारोपण कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख माधव बन्जाडेले वातावरण संरक्षणका लागि वृक्षारोपण प्रभावकारी माध्यम भएको बताउनुभयो । उहाँले विद्यार्थीलाई प्रकृतिप्रति जिम्मेवार बन्न र रोपिएका बिरुवाको संरक्षणमा सक्रिय हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण तथा सीवाईसीसी परियोजनाका परियोजना संयोजक जितेन्द्र चौधरीले जलवायु परिवर्तनका चुनौती न्यूनीकरण गर्न वृक्षारोपण अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । उहाँहरूले वातावरण संरक्षणमा विद्यालय र समुदायको सक्रिय सहभागिता महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
वृक्षारोपण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

भर्खरै प्रकाशित

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज