Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रदेश १ : प्रदेशसभा बैठक अवरुद्ध, मन्त्रीले सांसदलाई गाली गरेको आरोप

Author Avatar साझा न्यूज 28th June 2021 , 4:40 PM
प्रदेश १ : प्रदेशसभा बैठक अवरुद्ध, मन्त्रीले सांसदलाई गाली गरेको आरोप

सुमन सुस्केरा

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ को प्रदेश सभा अवरुद्ध गरेको छ । भौतिक पुर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले प्रदेश सभामा आइतबार दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका सांसदले सदन अवरुद्ध गरेका हुन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राईले भौतिक पुर्वाधार विकास तथा योजना मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा मन्त्री अम्बिरबाबु गुरुङले जवाफ दिने क्रममा सदनमा असंवैधानिक, अमर्यादित, अनैतिक र गैरजिम्मेवारी तरिकाले सांसदलाई गाली गलौज गर्दै सदनमा सम्बोधन गरेको आरोप लगाए ।

माओवादी केन्द्रले संसदलाई गाली गलौज गरेकाले आत्मालोचनासहित प्रदेश सभाको रोस्टमबाट माफी माग्नुपर्ने माग राखेको छ । मन्त्री गुरुङले प्रदेश सभामा बोलेको रेकर्ड हटाउनुपर्ने समेत माग अघि सारेका छन् । त्यस्तै बजेट पुनर्लेखन समिति बनेको छ भन्ने कुरा बाहिरबाट सुनिन आएकाले यो असंवैधानिक भएको पनि राईले बताए ।

‘यदि यो सत्य हो भने घोर भर्त्सना गर्दछौँ,’ उनले भने, ‘रातो किताबमा शीर्षकहरूसहितको बजेट आइसकेको छ, अमर्यादित र असंवैधानिक काम गरिँदैछ, पुनर्लेखन गर्ने हो भने सदनबाट नै हुनुपर्छ ।’ माओवादीले मन्त्री गुरुङले बोलेका अभिव्यक्तिहरू रेकर्डबाट नहटाउँदा र रोस्टमबाट माफी नमागेसम्म सदन अवरुद्ध हुने स्पष्ट पारेको छ । माओवादीको अवरोधका कारण आजको बैठक स्थगित भएको छ । अर्को बैठक मंगलवार मध्याह्न १२:३० बजेका लागि बोलाइएको छ ।

सदनमा के बोलेका थिए मन्त्रीले ?

‘आफ्नो निर्वाचित क्षेत्रमा कुनैपनि काम नगर्ने, परियोजना, डिपिआरलगायतका कुनै काममा चासो नदिने‚ अहिले सदनमा आएर एउटा व्यक्तिको चरित्र हत्या गर्ने,’ राईले भने, ‘तपाईं पनि अर्थ व्यवस्थापन समितिको सभापति हो, योबेला देखि नै बहुवर्षीय योजनासहितका कुनै जनताको पक्षमा किन कुरा नउठाएको ?’ मन्त्री गुरुङले सांसद खड्कालाई ‘तपाईं अझै सुध्रिएर आउनुस्’ भनेका थिए ।

‘९३ जना सांसदलाई बेबकुफ बनाउने काम गर्ने ? माननीयज्यू होसियार साथ बोल्नुस्, तपाईंसँग कति रिस‚ राग‚ डाह छ भन्ने मसँग रेकर्ड छ, मन्त्रीको जवाफ थियो, तपाईंसँग अलिकति पनि भिजन छैन भन्ने मैले बुझेको छु, एउटा कुञ्चित सोचबाट एउटा मानिसको चरित्र हत्या गर्ने काम नगर्नुस् ।’

उनले एक पटक रातो किताब पढेर सदनमा छलफल गर्न आउन भने । उनले खड्कालाई समस्या के हो स्पष्ट भन्न आग्रह गरे । ‘तपाईंको समस्या‚ मेरो समस्या हो, तपाईंको समस्या हल गर्ने दायित्व मेरो पनि हो,’ मन्त्री गुरुङले भने, ‘त्यो बेलामा हामीले गरेको एउटा सहमतिअनुसार तपाईंको निर्वाचन क्षेत्रमा म नजाने‚ मेरो निर्वाचन क्षेत्रमा तपाईं नजाने भन्ने सहमति भएको थियो । त्योअनुसार म पनि गइनँ । अहिले म प्रदेशको मन्त्री हो‚ मेरो जिम्मेवारीभित्र प्रदेशका १४ जिल्ला नै पर्छन् । अहिले तपाईंको क्षेत्रमा जाँदा बिजोग अवस्था छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

उद्याेगमन्त्री यादवकाे राजीनामा

उद्याेगमन्त्री यादवकाे राजीनामा

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

भर्खरै प्रकाशित

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज