काठमाडौं। नेकपा एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको भाषण रेकर्ड गरेर राख्नुपर्ने बताएका छन् । सोमबार नयाँ बानेश्वरमा नागरिक अगुवाहरुसँगको छलफलका क्रममा उनले हिजो आज ओलीले गरेका कुरा रेकर्ड गरेर राख्नुपर्ने बताएका हुन् ।
मदन भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा सोमबार ओलीले बौला कुकुरले टोकेको छ र, कोहि नपाएर माधव नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न भनेको तर्फ संकेत गर्दै यस्तो भनेका हुन्।
‘प्रधानमन्त्रीको कुरा रेकर्ड गरेर राख्नुपर्छ । उहाँले हिजो आज गरेका कुरा रेकर्ड गरेर राख्नुस् ।’ नेपालले भने, ‘म पनि खोज्दैछु । उहाँले धेरै राम्रा कुरा बोल्नु भएको छ।’
‘नेपाली जनताको मामिला नेपाली जनताले नै हल गर्नुपर्छ भन्दा कसैले चित्त दुखाउनु पर्दैन । राष्ट्रप्रति, जनता, संविधान, कानुनको कमिटमेन्ट चाहिएको छ’, उनले भने । राम्रो सिष्टम बसाएर मात्र नहुने बताउँदै नेता नेपालले राम्रो संस्कार पनि चाहिने बताए । उनले अघि भने, ‘हामी आफैं अरुलाई भन्छौं, आफू मान्दैनौं । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ ।’ उनले गठबन्धन राजनीतिक स्थायीत्वका लागि बनेको स्पष्ट पारे।