Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोभिड विरुद्ध जारी निषेधाज्ञाको प्रहरी संरक्षणमै उल्लंघन

शक्तिका आडमा कतै दिन रात रेष्टुरेन्ट संचालन हुने कतै भने लक डाउन


कोभिड विरुद्ध जारी निषेधाज्ञाको प्रहरी संरक्षणमै उल्लंघन

साझा न्यूज । गोरुसिंगे (कपिलवस्तु)
जिल्लामा जारी गरिएको निषेधाज्ञाको प्रहरी संरक्षणमै उल्लंघन गरिएको छ । निषेधाज्ञा अवधिमा जिल्ला सदरमुकाम तौलिहवामा जसरी प्रहरी प्रशासनले कडाईका साथ पालना गराएको छ । तर त्यस्तो अवस्था गोरुसिंगे बजार क्षेत्रमा देखिएको छैन । ईलाका प्रहरी कार्यालयको करीब १० मिटरमै रहेका होटल रेष्टुरेन्टहरु दिनभर र राती समेत खुला रहन्छन् । यी होटल तथा रेष्टुरेन्टहरुर खुला भए पछि गोरुसिंगे बजारका अन्य सवै होटल रेष्टुरेन्टहरु खुला हुने गरेको गोरुसिंगेका एक स्थानीयले बताए ।

सदरमुकाम तौलिहवा क्षेत्रमा रेष्टुरेन्ट तथा अन्य संचालन गरेको भन्दै दिनहुं जसो प्रहरीले आफ्नो गस्ती तथा निगरानी बढाएको छ । तर गोरुसिंगेमा भने यस्तो कुनै गस्ती तथा निगरानी गरेको देखिएको छैन । यसरी हेर्दा कोभिड विरुद्धको निषेधाज्ञा पालना गराउन स्थानीय प्रशासन केवल सदरमुकाम केन्द्रित भएको पाईएको छ ।

जिल्ला प्रशासन कार्यालयले मिति अषाढ १४ गते जारी गरेको निषेधाज्ञाको गर्न नपाईने वा निषेध गरिएको सेवाहरुको बुदा नं. ३ मा रेष्टुरेन्ट विहान ९ बजे देखि ६ बजे सम्म टेक अवे र होम डेलिभरी मात्र सेवा उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ । तर ईलाका प्रहरी कार्यालय नजिकैका होटल रेष्टुरेन्टहरु निर्वाध रुपमा संचालन भई रहंदा समेत ईलाका प्रहरी कार्यालयका प्रहरीहरु मुकदर्शक बनेर बसेका छन् ।

स्थानीय प्रशासनको यस्तो विभेदपूर्ण कदम प्रति सदरमुकाम तौलिहवा क्षेत्रका होटल तथा रेष्टुरेन्ट व्यसायीहरुले विरोध जनाएका छन् । शक्तिका आडमा कतै दिन रात रेष्टुरेन्ट संचालन हुने कतै भने लक डाउन भन्दै प्रहरी बल प्रयोग गरी रेष्टुरेन्ट बन्द गराउंदै हिड्ने, तौलिहवाका एक रेष्टुरेन्ट व्यवसायीले भने, “नियम भनेको सवैलाई एकै नास हुनु पर्छ, होईन भने हामी अब यस्तो विभेदकारी कदमको प्रतिवाद गर्छौ ।”

स्थानीय प्रशासनले जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लामा पटक पटक निषेधाज्ञा जारी गरेको छ । स्वास्थ्य सुरक्षाका उपायहरुलाई अनिवार्य रुपमा पालना गर्न आह्वान गरेको छ । तर गोरुसिंगे क्षेत्रका होटल व्यवसायीहरुलाई भने यस तर्फ कुनै चासो छैन । अझ निषेधाज्ञालाई पूर्ण रुपमा पालना गराउने जिम्मेवारी पाएको ईलाका प्रहरी कार्यालयका प्रहरीहरु पनि यस प्रति पूर्ण रुपमा बेखबर बनेका छन् । होटल रेष्टुरेन्टको यो अवस्था देखे पछि कोरोना संक्रमण झन् भयावह अवस्थामा फैलन सक्ने स्वास्थ्यकर्मीहरु बताउंछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

रास्वपाले बोलायो आकस्मिक बैठक

रास्वपाले बोलायो आकस्मिक बैठक

भर्खरै प्रकाशित

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि