Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

Author Avatar साझा न्यूज 29th October 2026 , 10:51 PM
सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ ल्याउँदै गरेको जानकारी प्राप्त भएको छ। बिहीबार सिरहाको लहान क्षेत्रमा आयोजना अनुगमनका क्रममा रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जानकार स्रोतले जनाएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईँले जिल्लाबाट एक जनालाई पक्राउ गरी काठमाडौँ पठाइएको जानकारी प्रहरीबाट आफूले प्राप्त गरेको  बताए। थप कुनै जानकारी आफूलाई नभएको तर एक जनालाई नियन्त्रणमा लिई पठाउन भनेको जानकारी मात्रै आफूले पाएको उनको भनाई छ

 नाम उल्लेख नगर्ने सर्तमा कुरा गरेका घटनाबारे जानकार स्रोतका अनुसार रजौरियालाई बिहीबार दिउँसो करिब ३ बजे स्थलगत अनुगमन तथा आयोजनाको प्रगति समीक्षाका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई लहान क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँतर्फ ल्याइँदै छ।

स्रोतले महानिर्देशकलाई पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिइएको दाबी गरेको छ। यद्यपि, प्रहरीले उनलाई नियन्त्रणमा लिनुको कानुनी आधार, पक्राउ पुर्जी जारी भए-नभएको अवस्था र काठमाडौँ ल्याउनुको कारणबारे आधिकारिक जानकारी दिएको छैन।

घटनाको पृष्ठभूमिमा सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्कासम्बन्धी विषय रहेको स्रोतको भनाइ छ। ठेक्कासँग सम्बन्धित केही काम गर्न माथिल्लो तहबाट महानिर्देशक रजौरियामाथि दबाब आएको तर उनले प्रचलित नियम तथा कानुनअनुसार नमिल्ने काम गर्न नसक्ने अडान राखेपछि विवाद उत्पन्न भएको स्रोतले जनाएको छ।

ठेक्कासम्बन्धी कुन निर्णय गर्न के दबाब थियो, त्यस्तो निर्णय कानुनविपरीत हुने आधार के थियो र दबाब दिने भनिएका पदाधिकारी को थिए भन्नेबारे भने स्रोतले विस्तृत विवरण खुलाएको छैन।

रजौरियालाई नियन्त्रणमा लिने क्रममा माथिल्लो तहको आदेश रहेको बताइएको स्रोतको दाबी छ। सचिवालयबाट आएको भनिएको आदेशअनुसार नै उनलाई नियन्त्रणमा लिएर आउन निर्देशन दिइएको प्रशासन स्रोतले जनाएको छ।

रजौरियाले गत असोज २ गते सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए। त्यसअघि उनी विभागकै उपमहानिर्देशकका रूपमा नदी तथा जलस्रोत महाशाखा हेर्दै आएका थिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कर्मचारी सरुवासम्बन्धी विवाद उठिरहेका बेला तत्कालीन महानिर्देशक डा। महेश्वर श्रेष्ठलाई जिम्मेवारीबाट हटाएर रजौरियालाई विभागको नेतृत्व दिइएको थियो। त्यसै समयमा मन्त्रालयकी तत्कालीन सचिव सरिता दवाडीको पनि सरुवा भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई प्रहरी मुख्यालय बोलाए, पीसीसी बैठक बस्दै

आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई प्रहरी मुख्यालय बोलाए, पीसीसी बैठक बस्दै

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

सात लाखका अवैध सामान बरामद

सात लाखका अवैध सामान बरामद

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

भर्खरै प्रकाशित

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

परिवारवाद अन्त्य र सुशासनको एजेन्डासहित रास्वपा गाउँ–नगरमा सक्रिय, दुई ठाउँमा सम्पर्क कार्यालय उद्घाटन

परिवारवाद अन्त्य र सुशासनको एजेन्डासहित रास्वपा गाउँ–नगरमा सक्रिय, दुई ठाउँमा सम्पर्क कार्यालय उद्घाटन

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई प्रहरी मुख्यालय बोलाए, पीसीसी बैठक बस्दै

आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई प्रहरी मुख्यालय बोलाए, पीसीसी बैठक बस्दै

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज