नारद कोहार
कपिलबस्तु, साउन २
जिल्लाको कपिलबस्तु नगरपालिका वडा नं. ६ गोबरी स्थित तिलौराकोट स्वास्थ्य चौकीमा प्रयोगशालाको उद्घाटन गरिएको छ ।
प्रयोगशालको उद्घाटन गर्दै कपिलबस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ताले गाउँमा नै सर्बसूलभ रुपमा स्वास्थ्य सेवा पुराउने उद्देश्यले स्वास्थ्य प्रयोगशालाको उद्घाटन गरेको बताईन् । नागरिकको बास्तविक समस्या समाधानको लागि राज्यले खर्च गर्नुपर्छ भन्ने मान्यताको साथ नगरपालिका स्वास्थ्य क्षेत्रको सुधारमा प्रयासरत रहेको उपप्रमुख गुप्ताले बताइन् ।
घरदैलोमा रहेको स्वास्थ्य चौकीमा उपलव्ध सेवा लिन छाडेर नागरिकहरु सदरमुकामका अस्पतालहरुमा धाउने परम्पराको अन्त्यको लागि वडामा सञ्चालित स्वास्थ्य प्रयोगशालाले सहयोग पुग्ने नगरपालिकाले अपेक्षा लिएको छ ।
प्रयोगशालामा विशेष गरी कफ, सुगर, मलेरिया लगायतको जाँच गरिने स्वास्थ्य चौकीका प्रमुख सुवाश चन्द्र यादवले बताए ।
कार्यक्रममा कपिलबस्तु नगरपालिका वडा नं. ६ का वडा सचिव गौतम शाक्य, महिला वडा सदस्य सरिता गौतम, स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।