काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठकमा विश्वासको मत माग्नुभएको छ ।
प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि ओलीलाई धन्यवाद दिनुभएको छ । ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुने देउवाले बताउनुभयो ।
प्रधानमन्त्री देउवाले कमी कमजोरीहरू सच्याउँदै सबैले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको बताउनुभयो ।
देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गर्नुभयो ।