Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आफूहरु घायल अवस्थामा रहेपनि देउवालाई विश्वासको मत दिने: महन्थ ठाकुर

Author Avatar साझा न्यूज 18th July 2021 , 7:56 PM
आफूहरु घायल अवस्थामा रहेपनि देउवालाई विश्वासको मत दिने: महन्थ ठाकुर

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले शेर बहादुर देउवा जनताको आदेशले नभई परमादेशले प्रधानमन्त्री बनेको बताउनुभएको छ ।

विश्वासको मतको पक्षमा मत दिने घोषणा गर्दै उहाँले आफूहरु घायल अवस्थामा रहेपनि देउवालाई विश्वासको मत दिने बताउनुभयो ।

आफूहरुलाई सत्ता पाउने बेलामा मात्रै सम्झिने गरिएको भन्दै उहाँले भन्नुभयो, ‘मत त उहाँलाई दिन्छौँ, तर यो सत्तासंघर्ष, जो प्रताडित समाज छ, जो आम जनता छ, त्यसले केही पाउने होइन । प्रधानमन्त्री जी त परमादेशले बनेको हो, जनताको आदेशले होइन ।’

उहाँले अघि भन्नुभयो, ‘यो संविधानको जति गुन गाउनुस, यो संविधानले गर्दा हामीले गोली खानु परेको छ, सहीद हुनुपरेको छ, अहिले पनि हाम्रा साथीहरु जेलमा हुनुपरेको छ, रेशम चौधरी जेलमा हुनुहुन्छ, जो घट्नास्थलमै हुनुहुन्थेन ।’

यो संविधानबाट आफूहरुले कहिल्यै केही पनि नपाएको भन्दै उहाँले आफूहरुका मागहरुमा सदैव अडिग रहेको समेत बताउनुभयो ।

मत दिन आग्रह गर्दै देउवाले पत्र नै लेखेको कारण मत दिन लागेको उहाँको भनाई छ । ‘हामी सर्वाेच्चको सम्मान गर्छाँै तर नागरिकता सम्बन्धी जुन अध्यादेशले अवरोध पाएको छ, त्यसमा म के निवेदन गर्छु, नागरिकता दिने कर्तवय राज्यको को हो, तर जसको पासमा नागरिकता छैन त्यसको के ? के राष्ट्रियताको निर्धारण पनि अदालतले नै गर्ने हो ? राज्यले नै गर्ने हो ?’, उहाँले भन्नुभयो ।

राष्ट्रियताको निर्धारण न राज्यको न त अदालतको हातमा हुने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

भर्खरै प्रकाशित

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज