Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जसपाले अरुको सहयोगबाट होइन आफै दुई तिहाई बहुमत प्राप्त गरेर संविधान संशोधन गर्न सक्ने शक्ति बन्नु पर्छ !

Author Avatar साझा न्यूज 22nd July 2021 , 12:24 PM
जसपाले अरुको सहयोगबाट होइन आफै दुई तिहाई बहुमत प्राप्त गरेर संविधान संशोधन गर्न सक्ने शक्ति बन्नु पर्छ !

—प्रीति रमण

केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेर त्यस सरकारमा सहभागिता जनाउने वा प्रतिनिनिधिसभा विघटनको विषयमा ओलीको विरोधमा लाग्ने भन्ने विषयले जनता समाजवादी पार्टीका नेताहरुलाई विभाजित बनाएको थियो । तर प्रतिनिधिसभा पुनस्र्थापना सँगै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा संसदभित्र जनता समाजवादी पार्टीका नेताहरु बीच मत मिलेको छ । विभाजनको त्रास घटेको छ । यसले पार्टीका कार्यकर्ताहरुमा  उत्साहको सञ्चार पनि गराएको छ । सम्भवतः पार्टी नफुटे हुन्थ्यो भन्ने कार्यकर्ताहरुलाई नेताहरु बीचको यो मिलन बिन्दू सबै भन्दा खुशीको क्षण हुन पुगेको छ ।

केपी ओलीले दुई तिहाई बहुमत निकटको सरकारको नेतृत्व पनि गर्नु भएकै हो । सरकारको शक्तिसाली प्रधानमन्त्री बनेपछि ओलीमा विकसित भएको अहंकारले सत्तासीन डबल नेकपालाई दुर्घटनाग्रस्त बनायो र एमाले पार्टीलाई समेत विभाजित बनाएको छ । सत्ता अन्धो हुन्छ भन्ने कुरा एमाले पार्टीको दुरावस्थाले पुष्टि गरेको छ । एमाले पार्टी अव विधिवत रुपमा विभाजन हुन मात्र बाँकी छ  भने जनता समाजवादी पार्टी विभाजनको संघारमा पुगेर नेताहरुको मिलन बिन्दूको संकेत भएको छ ।

जनता समाजवादी पार्टीको विभाजन कुनै कारणबाट पनि आवश्यक थिएन । नेताहरुका राजनीतिक, सामाजिक, सांस्कृतिक र भौगोलिक लगायतका सबैखालका देश र जनतासँग जोडिएका मुद्दाहरुमा समानता थियो नै । आन्तरिक विवाद के थिए भन्ने कुरा जसपाका नेताहरुलाई नै थाहा होला । तर विभाजनको खतरा टरेको छ, यो खुशीको कुरा हो । आज सत्तासीन नेकपामा विकसित भएको विभाजनले ६ वटा प्रदेशमा सरकारको नेतृत्व गुमेको छ भने केन्द्रमा समेत सरकारको नेतृत्व गुमाउनु परेको मात्रै हैन अव फेरि सत्तामा जाने सम्भावना पनि त्यस पार्टीका लागि समाप्त भएको छ । देशको आवश्यकता र जनताका चाहना बिपरित नेताहरुले गतिविधि गर्न थालेपछि र पार्टीले अपनाएको राजनीतिक विपरित चल्न खोजेपछि दुर्घटना हुँदारहेछ भन्ने कुरा नेकपा एमालेको अवस्थाले देखाइरहेको छ । यसैबाट पनि जनता समाजवादी पार्टीका नेताहरुले शिक्षा लिनु जरुरी छ ।

सत्तासीन नेकपा भित्रको विवादले सृजना गरेको सत्ता संकटका कारणबाट सत्ता बाहिरका विपक्षी राजनीतिक दलहरु मध्ये जनता समाजवादी पार्टी (जसपा) सबै भन्दा बढि विवादमा फसेको थियो । नेताहरु बीच एकताको सम्भावना टरेको थियो । तर सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनस्र्थापनाको पैmसलाले जसपालाई विभाजन हुनबाट बचाएको छ । जसपाका लागि सरकार जसको सुकै नेतृत्वमा बनोस् देश र जनताका आवश्यकतालाई सम्बोधन गराउने कुराले महत्व राख्छ भन्ने सन्देश प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबाट संसदमा व्यक्त भएका विचारहरुले दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न चाहने वा ओलीलाई निरन्तरता दिने भन्ने विषयको विवादले जसपा पनि विभाजन उन्मुख भएको थियो । निर्वाचन आयोगसम्म विभाजनको मुद्दा पुगिसकेको अवस्थामा सर्वोच्चको पैmसलाले नयाँ परिस्थिति जसपामा पनि विकसित  गराएको छ । जसपाका दुई अध्यक्ष मध्ये एउटा अध्यक्षको समूह ओलीको विकल्पको पक्षमा रह्यो भने अर्को अध्यक्षको समूह ओलीकै निरन्तरताको पक्षमा रह्यो । ओलीको विकल्पबाट जसपालाई  अथवा जसपाले अवलम्बन गरेको  समाजवाद गन्तव्यको  राजनीतिक कार्यदिशालाई के सहयोग पुग्ने थियो ? त्यसैगरी प्रधानमन्त्री ओली सरकारको निरन्तरताको पक्षमा लागेको जसपाको अर्को समूहले ओलीबाट के अपेक्षा गरेको हो भन्ने सम्बन्धमा पनि स्पष्टता थिएन । जसपाको प्रस्थानबिन्दू समाजवाद हो भन्ने कुरा यो पार्टीको नामले नै सन्देश दिएको छ । संविधानमा समेत व्यवस्थित भएको समाजवादको सवालमा जसपाका नेताहरुले  त्यसको कार्यान्वयनमा जोड दिनु जरुरी हुन्छ ।

जसपाका नेताहरुले पटक–पटक संविधान संशोधन गरिनुपर्ने आवाज उठाइरहेको देखिन्छ । संविधानमा व्यवस्था गरिएको  समाजवादलाई कार्यान्वयन गर्न प्रयास गर्ने हो र त्यसमा जसपा सफल हुने हो भने समाजवादी व्यवस्थाबाट जनताले प्राप्त गर्ने अवसरका साथै देशले विकासमा फड्को मार्ने अवस्था पनि रहन्छ । त्यसो हुनासाथ जसपाको लोकप्रियताका सामू अरु सबै राजनीतिक दलहरु कमजोर बन्ने निश्चित छ । कम्युनिष्ट आवरणको पार्टीलाई दुई तिहाई नजिकको बहुमत दिएका जनताले अवश्य पनि समाजवादको चाहना राख्दछन् भन्ने कुरा स्पष्ट छ, तर दुई तिहाई बहुमतको  दम्भले आदर्श भुलेपछि त्यो अवसर गुमाएका छन् त्यस पार्टीका नेताहरुले । समाजवाद स्थापनाका सवालमा जसपाको सम्पूर्ण शक्ति लगानी गर्ने हो भने संविधानसम्मत पनि हुने र साथै देशको समृद्धि  र जनताको आवश्यकता पनि पूरा हुने हुन्छ । त्यसो हुनासाथ जसपाको पक्षमा देशव्यापी लहर सृजना हुने कुरामा कुनै दुविधा रहने छैन ।

जसपाको लोकप्रियतासँगै दुई तिहाई बहुममतको शक्ति जसपाले प्राप्त गर्ने छ । जसपाले दुई तिहाई बहुमत प्राप्त ग¥यो भने त्यस अवस्थामा संविधानमा संशोधन गर्नुपर्ने विषयहरु जसपा आपैmले निर्णय गर्न सक्ने छ । त्यसपछि जसपाका नेताहरु न त ओलीको पुच्छर समातेर हिड्नु पर्ने छ न त देउवाको पुच्छर समातेर लतारिनु पर्ने छ ।-जनधारणा साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

कमजोर जनप्रतिनिधि– कमजोर बिकास र उन्नति

वादे वादे जायेते तत्वबोध

कमजोर जनप्रतिनिधि– कमजोर बिकास र उन्नति

कमजोर जनप्रतिनिधि– कमजोर बिकास र उन्नति

भर्खरै प्रकाशित

सर्पले डसेर दुई बालकको मृत्यु

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज