Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

संविधानको सर्वोच्चता : संविधानभन्दा माथि केही हुँदैन

Author Avatar साझा न्यूज 22nd July 2021 , 10:37 PM
संविधानको सर्वोच्चता : संविधानभन्दा माथि केही हुँदैन

-श्याम क्षेत्री

नेपालको मूल कानून संविधान हो । यस संविधानसँग बाझिने कानून वा बनाइएका कानुन बाझिएको हदसम्म अमान्य हुनेछ । संविधानमा उल्लेख यी शब्दले कानुनको सर्वोच्चता प्रष्ट पार्दछ । कुनै पनि लोकतान्त्रिक मुलुकमा कानुनको सर्वोच्चता हुन आवश्यक छ ।

नेपालमा जनतालाई पूर्णरूपमा स्वतन्त्र सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्न राज्यका तीन अंगको व्यवस्था गरिएको छ । कानुन निर्माण गर्ने अंग, कानुनलाई लागू गराउने अंग र कानुनको व्याख्या गर्ने तथा कानुनको उल्लंघन रोक्ने अंगलाई क्रमशः व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई पृथक रूपमा संगठित गरी शक्तिको पृथकिकरण गर्ने काम भयो ।

राज्यका तीनवटै अंगबीच अधिकार, कर्तव्य र भूमिका अलगअलग तोकिएको हुन्छ । यी अङ्गहरुबिच हुने हस्तक्षेप र स्वच्छाचारिता रोक्न शक्ति पृथकीकरणलाई आत्मसात गरिएको छ । लोकतन्त्रमा शक्ति पृथकीकरण र सन्तुलन रहेन भने त्यहाँ निरंकुशतन्त्रले प्रश्रय पाउँछ । राज्यका सबै अंगसँग आआफ्नो अधिकार छ । कार्यपालिका राज्यको सबै कार्यकारी अधिकार लिएर बसेको छ । व्यवस्थापिका जनताको प्रतिनिधिमूलक शक्ति हो ।

लोकतन्त्र भनेको जनताको शासन हो । न्यायपालिकाको संरचना निर्माण गर्ने र कार्यपालिका बनाउनेसमेत हैसियत व्यवस्थापिकामा हुन्छ । तर राज्यका अंगहरू सबैका आआफ्नै अधिकार छन्, तर विशेष अधिकार वा अरूमाथि हस्तक्षेप गर्ने अधिकार भने कसैलाई छैन । तर सबै अङ्गको शक्तीलाई सन्तुलन र नियन्त्रण गर्न शक्ति सन्तुलनको आवश्यकता पर्दछ ।

नेपालले पनि यही शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्तमा आधारित लोकतान्त्रिक शासन व्यवस्थालाई आत्मसात गरी शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तबमोजिम संवैधानिक व्यवस्था गरेको छ । शक्ति पृथकीकरण र सन्तुलन लोकतन्त्रको आवश्यक तत्व हो । यसको अभावमा लोकतन्त्र बलियो हुँदैन । शक्ति पृथकीकरणबीच सन्तुलन भएन भने लोकतन्त्र धरापमा पर्न सक्छ । विकसित लोकतान्त्रिक मुलुकहरूमा शक्ति सन्तुलनको अभ्यास हुँदै आएको छ ।

कानुनी सर्वोच्चता भएको मुलुकमा व्यवस्थापिकालाई नियन्त्रण गर्न न्यायपालिकाले नियन्त्रण गर्दछ । कानुनी शासनमा कानुनभन्दा माथि कोही हुँदैन । जतिसुकै शक्ति भएकाले पनि कानुनी दायरामा रहनुपर्छ । विधायिकाले जनमतको नाममा, सरकारले शक्तिको नाममा र न्यायपालिकाले कानुनको व्याख्याताको नाममा अराजक र निरंकुश बन्न मिल्दैन । सबैले संवैधानिक सीमाभित्र रहनुपर्छ । कानुनको व्याख्या न्यायपालिकाले गर्दछ ।

न्यायपालिकालाई एउटा स्वतन्त्र अंगका रूपमा स्थापित गरिसकेको छ । संविधानको धारा (४) मा न्यायपालिकाको अधिकार क्षेत्र उल्लेख गरेको छ । यसमा भनिएको छ– सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या वा प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालन गर्नुपर्नेछ । सर्वोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसला अवज्ञा गरेमा कानुनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्नेछ ।

निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले २०७७ पुस ५ मा असंवैधानिक रूपमा संसद विघटन गरे । संविधानले दिदै नदिएको अधिकार प्रयोग गरेर गरिएको संसद विघटन सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनर्स्थापना गरिदियो । उनले फेरि जेठ ८ मा पुनः संसद विघटन गरे ।

तर अघिल्लो विघटनमा असंवैधानिक भनिसकेको सर्वोच्चले फेरि पनि संसद पुनर्स्थापना गरिदिएको छ । सर्वोच्च अदालतको फैसलालले प्रधानमन्त्री र राष्ट्रपतिलाई संविधानमाथि केही हुँदैन भन्ने पाठ सिकाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

भर्खरै प्रकाशित

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज