मेमोरी किङ्गको रुपमा परिचित विजय शाहीको मृत्युबारे अहिले सामाजिक सञ्जाल फेसबूकमा झुटो खबर भाइरल बनेको छ।
सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेका छन् । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।
विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले सुरुमा फोटो सहितको खबर फेसबुकमा हालेका थिए । अस्पताल लैजाँदा लैजाँदै विजयको निधन भएको उनले उल्लेख गरेका थिए । त्यही पोष्टका आधारमा धेरैले विजय शाहीलाई श्रद्धान्जली दिन भ्याए । शाही भने सामान्य अस्वस्थ मात्रै भएको प्रहरीले जनाएको छ ।