काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ ।
विहान ११ बजे बोलाइएको बैठक प्रधानमन्त्री शेर बहादुर देउवाको व्यस्तताको कारण शुरू हुन ढिलाई भएको छ।
पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा क्रियाशिल सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनबारे छलफल हुने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
समितिले बुझाएको प्रतिवेदनमा देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशिल सदस्यता पाएपनि केही जिल्ला र वडामा भने विवादका कारण सदस्यता टुंगो लाग्न सकेको छैन ।