Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पद धरापमा

विकल्प कि त राजीनामा कि त विश्वासको मत


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पद धरापमा

वुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पद धरापमा परेको छ । वैशाखमा अविश्वासको प्रस्ताव छल्नको निम्ती विहान राजीनामा दिएर साँझ फेरी मुख्यमन्त्रीको नियुक्ती लिएका उनको पद जसपाको आधिकारिकता उपेन्द्र समूहले पाएसँगै धरापमा परेको हो ।

यसअघि गठबन्धनबाट माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको बहुमतमा हुँदाहुँदै पोखरेलले जबर्जस्ती मुख्यमन्त्रीको सपथ लिएका थिए। प्रदेश प्रमुख धर्मनाथ यादव आफ्नो पक्षका भएकाले अल्पमत हुँदाहुँदै पोखरेलले गत वैशाख १९ गते राजीनामा दिएर पुनः सपथ लिएका थिए।

लुम्बिनी प्रदेश सभामा पोखरेल पक्षका ४१ जनामध्ये २ जनाले राजीनामा दिइसकेका छन् भने विमला ओली उपनिर्वाचनबाट निर्वाचित भएकाले माओवादीलाई समर्थन गरेकी छन्। हाल मुख्यमन्त्रीको पक्षमा ३८ जना मात्रै छन्। त्यसमध्ये विष्णु पन्थी र रमा घर्ती वरिष्ठ नेता माधवकुमार नेपाल पक्षतिर खुलेर लागिसकेका छन्।

नेपाल पक्षमा भए पनि अरु नेता खुलेर बाहिर नदेखिएकाले पोखरेलकै पक्षमा जोडिएको छ। यसो हुँदा पोखरेलको पक्षमा ३६ जना सांसद मात्रै छन्। पोखरेलले जनता समाजवादी पार्टीबाट ३ जना सांसदलाई मन्त्री बनाएर आफ्नो पक्षमा पारेका थिए। त्यसपछि आफ्नो बहुमत पुग्ने आकलन गरेर विश्वासको मत लिने सार्वजनिक रुपमा बताउँदै आएका थिए।

जसपा उपेन्द्र यादवले आधिकारिकता पाएलगत्तै विजय यादव,कल्पना पाण्डे र सन्तोषकुमार पाण्डेलाई मंगलबार कारबाही गरेपछि पोखरेल संकटमा परेका हुन्। संसदमा स्पष्ट अल्पमत परेपछि पोखरेलले के गर्छन् भन्ने विषयमा चौतर्फी चासोका साथ हेरिएको छ।

अल्पमतमा हुँदाहुँदै उनलाई सहयोग गर्ने प्रदेश प्रमुख धर्मनाथ यादव बिदा भएर माओवादी केन्द्रकै अमिक शेरचन नियुक्त भएकाले उनलाई आफ्नो पद जोगाउन मुस्किल हुने देखिएको छ।

यससँगै उनको विकल्प कि त राजीनामा कि त विश्वासको मत लिनु रहेको छ ।

मुख्यमन्त्रीसँग अब राजीनामा दिनुको विकल्प नरहेको लुम्बिनी प्रदेशका कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले बताए। केही दिन हेर्छौं, उनले भने, ‘मुख्यमन्त्री पोखरेल अल्पमतमा हुनुहुन्छ। नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्छ।’

यसअघि सरकारपक्षले पनि विश्वासको मत लिने निर्णय भने गरिसकेको छ ।

मुख्यमन्त्रीका दाबेदार कुल प्रसाद केसीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुपर्ने माग गरे । यसअघि पटक पटक राजीनामा माग्दा पनि नपत्याएर जसो तसो पदमै बसिरहेका पोखरेलसँग अब भने दुई विकल्प मात्र रहेका छन् ।

गठबन्धनबाट केसीको पक्षमा माओवादीबाट १८ जना, कांग्रेसबाट १९ जना, जसपाबाट ३ जना र राष्ट्रिय जनमोर्चाबाट एक जना गरी ४१ जना सांसद छन्।

राजीनामा नआए पुनः अविश्वासको प्रस्ताव ल्याउने उनले जानकारी दिए। ‘संसद्मा अल्पमतमा रहेको एमालेले बहुमतमाथि शासन गर्न मिल्दैन,’ उनले भने। पोखरेलले राजीनामा नदिए विपक्षी गठबन्धनले यसअघि तयार पारेको अविश्वास प्रस्ताव पुनः अघि बढाउने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मृत्युपश्चात शरीरका सबै अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

भर्खरै प्रकाशित

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि