Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वाइसीयल सैनामैनाद्वारा अन्तरक्रिया कार्यक्रम गर्दै टिसर्ट सार्वजनिक

Author Avatar साझा न्यूज 28th July 2021 , 8:09 PM
वाइसीयल सैनामैनाद्वारा अन्तरक्रिया कार्यक्रम गर्दै टिसर्ट सार्वजनिक

–सुरेश परियार, सैनामैना (रुपन्देही)

नेकपा (माओवादी) केन्द्रको युवा संगठन योंग कम्युनिष्ट लिग (वाइसीयल) ले आज रुपन्देहीको सैनामैनामा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वाइसीयल सैनामैनाका अध्यक्ष गोविन्द खरेलको अध्यक्षता, माओवादी केन्द्र रुपन्देही सचिवालय सदस्य भोला बस्यालको प्रमुख आतिथ्यता, पार्टीका सैनामैना नगर संयोजक मान बहादुर महत (नारायण)को विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेता मंगल बहादुर रावत (महान), माओवादी केन्द्र रुपन्देही जिल्ला कमिटी सदस्यहरु दिपिका शर्मा, दिपक भण्डारी, अखिल नेपाल मजदुर संघ लुम्बिनी प्रदेश सदस्य कुम बहादुर सार्की, युवा नेता रोमनाथ न्यौपाने, दिपक अधिकारी, माधव वस्नेत, केशव कुंवर, दिलिप प्रजापति, शान्ति बराल, सुरज भट्टराई, दिपक सुनार लगायतको आतिथ्यता रहेको थियो ।

सोही अवसरमा वाइसीयल सैनामैनाका लागि टिसर्ट सार्वजनिक गरिएको छ । हसिया हथौडा र वाइसीयल अंकित लोगो भएको टिसर्ट सार्वजनिक गरिएको हो । वाइसीएल सैनामैना वडा नम्बर १ देखि ११ वडासम्मका युवाहरुले सो टिसर्ट लगाउनेछन् ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्र रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य भोला बस्यालले मुलक माओवादीकै एजेण्डामा चलिरहेको दावी गरे । उनले परिवर्तन रक्षाका निम्ति प्रतिगमनविरुद्ध वाइसीयल नेपाललाई सशक्त रुपमा प्रतिरोधका लागि तयार हुन् निर्देशन दिए । यस्तै माओवादी केन्द्र सैनामैना नगर संयोजक मान बहादुर महतले स्थानीय तहमा जनताको सेवक बन्न वाइसीयललाई आग्रह गरे । पार्टीलाई सशक्त बनाउदै गलत प्रवृत्तिलाई प्रतिवाद गर्नतर्फ केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए ।

वाइसीयल रुपन्देही इञ्चार्ज माधव बस्नेतले स्यालहरु ब्वासो बन्न खोजे वाइसीयल बाघ बन्ने बताए । उनले प्रतिगमन पक्षधरलाई परास्त गर्न सधै तल्लिन रहने चेतावनी दिए । वाइसीयल सैनामैनाका अध्यक्ष गोविन्द खरेलले संगठनलाई मजबुत बनाउदै विकृति विसंगतिको प्रतिवाद गर्ने बताए । जनता र देशका लागि काम गर्ने पार्टी नै माओवादी केन्द्र भएको दावी गर्दै युवाहरुलाई संगठित गरी भ्रष्टाचार नियन्त्रण गर्न पैरवी गर्ने समेत बताए ।

सैनामैना नगरपालिका वडा नम्बर २ स्थित ग्लोवल पार्टी प्यालेसमा भएको कार्यक्रममा सैनामैना नगरभित्रका ११ वडाका अगुवा कार्यकर्ताबीच वर्तमान राजनैतिक परिवेश तथा युवाको सामाजिक उत्तरदायित्वबारे अन्तरकृया कार्यक्रम भएको थियो । वाइसीयल नेपाल सैनामैना नगर इञ्चार्ज मंगल बहादुर रावतको स्वागत तथा सचिव केशव विश्वकर्मा (राज)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज