काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। बिहीबार नेता नेपाललाई भेट्न अध्यक्ष दाहाल नेपाल निवास कोटेश्वर पुगेका हुन्।
सत्तारुढ गठबन्धनले एमालेको नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ । तर, नेता नेपालले भने पार्टी एकताको प्रक्रिया चलिरहेका् अवस्थामा सरकारमा सहभागी हुनेबारे प्रष्ट कुरा राखिसकेका छैनन्। सत्ता समीकरणको भागबण्डा मिल्न नसक्दा प्रधानमन्त्री देउवाले पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
यसअघि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटार पुगेर छलफल गरेका थिए।