–साझा न्यूज प्रतिनिधि
बाँकेको नेपालगंजबाट २ जना पत्रकार पक्राउ परेको प्रहरीले जनाएको छ ।
पत्रकार हुभन्दै प्रहरी संग पैसाको बार्गेनिङ्ग गरेको अरोपमा २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा एबिपी क्राईम न्यूजको सञ्चालक तथा पत्रकार बताउने आशिष मल्ल ठकुरी र सोही अनलाईनका संवाद्दाता राजन बैश्यलाई रकम बार्गेनिङ्गमा संलग्न पाएपछि बाँके प्रहरीले पक्राउ गरेको हो ।
एबिपी क्राईम न्यूजको सम्वाददाताको परिचयपत्र राखेका राजन वैश्यले प्रहरीसँग ‘तपाईले पैसा लिइरहेको भिडियो मसँग छ’ भन्दै होटलमा बोलाएर १ लाख ६० हजार मागेपछि प्रहरीले वैश्य सहित उक्त अनलाईनको आफूलाई सञ्चालक र पत्रकार बताउने आशिष मल्ल ठकुरीलाई शुक्रवार पक्राउ गरी थप अनुसन्धान भईरहेको र जिल्ला प्रहरी कार्यलाय बाँकेले जनाएको छ ।
वैश्यले सबैका सामु प्रहरीसँग क्यामरा किन्नलाई १ लाख ६० हजार मागेको स्वीकारेका छन् ।
आशिष करिब ४ महिना अघि प्रहरी बनाई दिन्छु भनि ६ लाख ठागीको मुद्दामा पक्राउ परि धरौटी तिरी छुटेको थिए।
यसै बिच पत्रकार महासंघ बाँकेले विज्ञप्ती प्रकाशित गरि पत्रकार हौं भन्दै भन्सार , सीमानाकाहरुमा जाने , मोबाइल क्यामेरा तेर्साउने , राती बिभिन्न सीमा क्षेत्रमा चेकजाँच गर्न जाने र पैसाको बार्गेनिङ्ग गर्ने जस्ता कार्य गरेको भनी महासंघ बाँकेमा जनगुनासाहरु धेरै आएकाले त्यस्तो नगर्न र पत्रकार आचारसंहिता भित्र रहेर समाचार संकलन एवं प्रकाशन , प्रशारण गर्न सम्पूर्ण पत्रकारलाई नेपाल पत्रकार महासंघ बाँके अपील गरेको छ।
पत्रकार हौं भन्दै धम्काउने , पैसाको बार्गेनिङ्ग गर्ने जस्ता कार्यले बास्तबिक पत्रकारको पेशागत एवं भौतिक सुरक्षामा समेत असर पर्ने र पेशा नै बद्नाम हुने भएकाले त्यसलाई रोक्न अत्यावश्यक भइसकेकाले यस्ता कार्य नगर्न सबैमा अनुरोध गर्दछौं । उक्त कार्य कहीकतैबाट कसैले गरेमा महासंघ बाँकेमा खबर गर्न पनि सम्बन्धित सबैमा अनुरोध छ ।