राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलको नेतामा पियारी थापा चयन भएकी छन्।
मंगलबार बसेको जनमोर्चा संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेता चयन गरेको महासचिव मनोज भट्टले जानकारी दिए।
राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलको नेतामा पियारी थापा चयन भएकी छन्।
मंगलबार बसेको जनमोर्चा संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेता चयन गरेको महासचिव मनोज भट्टले जानकारी दिए।
सुब्बाको सरकार हटाएर नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार गठन गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रिय जनमोर्चा सरकारमा भने सहभागी भएको छैन। सरकार बाहिरैबाट गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने जनमोर्चाले जनाएको छ।
कृष्ण थापालाई कारबाही गरेपछि प्रमुख सचेतक रहेकी पियारीले नै संसदीय दलको नेताका हैसियतमा काम गर्दै आएकी थिइन्।
यस्तै, प्रमुख सचेतकको जिम्मेवारी खिमविक्रम शाहीलाई दिइएको छ। उनी प्रदेश मामिला सभापतिसमेत हुन्।
ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]
सुचना विभाग दर्ता नं. २५९५/०७७-०७८
सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार
© 2021 eSajanews.com | Site By: ProTech