Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दार्चुला घटना छानबिन गर्न गठित समितिद्वारा विवरण संकलनको काम सुरु

Author Avatar साझा न्यूज 4th August 2021 , 12:06 PM
दार्चुला घटना छानबिन गर्न गठित समितिद्वारा विवरण संकलनको काम सुरु

दार्चुला । जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ। मंगलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो।

गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति दार्चुला पुगेर निरन्तर छलफलमा जुटेको छ।

समितिले घटनास्थलमा खटिएका सुरक्षाकर्मी तथा जिल्लास्थित सुरक्षाकर्मीसँग छलफल सकेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटना सम्बन्धमा वास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं ४४ गणका प्रहरी नायब उपरीक्षक वीरसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहितको टोली स्थलगत खटिएको थियो।

यस्तै, समितिले बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको सहसचिव गौतमले जानकारी दिए। यस्तै समितिले प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको छ।

टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ। समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य रहेका छन्‌।

नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेका बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन्। यद्यपीस भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबी गरेको छ। छानबिन समितिको प्रतिवेदनअनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको छ।

उक्त टोलीले घटनाका प्रत्यक्षदर्शीहरू कल्यानसिंह धामी, अनिता धामी र विक्रम रङ्कोलीलाई खलङ्गा पुर्‍याएका छन्। प्रत्यक्षदर्शीलाई सोमबारदेखि प्रहरीको निगरानीमा राखिएको छ। उनीहरूलाई पत्रकारसँग भेटघाट गर्न दिइएको छैन।

जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएको स्थानीयवासीको भनाइ छ। बेपत्ता धामीको शव अझै भेटिएको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

भर्खरै प्रकाशित

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज