काठमाडौँ। भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
रिटमा कानुनी हिसाबले पनि संवैधानिक हिसाबले पनि आयोग विघटन गर्न नमिल्ने दाबी गरिएको छ ।
रिटको पेसी साउन २५ गतेलाई तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
गत साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।