Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विराटनगर महानगरपालिकाले भुगोल, भाषा, पर्व र संस्कृति समेटेको नयाँ पाठ्यक्रम ल्यायो

Author Avatar साझा न्यूज 7th August 2021 , 8:40 AM
विराटनगर महानगरपालिकाले भुगोल, भाषा, पर्व र संस्कृति  समेटेको नयाँ पाठ्यक्रम ल्यायो

-सुमन सुस्केरा, विराटनगर 

विराटनगर महानगरपालिकाले पहिलो पटक आधारभुत तहको नयाँ पाठ्यक्रम विकास गरेको छ । नगरक्षेत्रका विद्यार्थीहरुलाई स्थानीय भुगोल, भाषा, पर्व र संस्कृति लगायतका विषयलाई समेटेर नयाँ पाठ्यक्रम ल्याएको हो ।

कक्षा १ देखि कक्षा ५ सम्म लागु हुने स्थानीय पाठ्क्रम विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले सार्वजनिक गरेका हुन् । विराटनगर भित्र अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरि भौगोलिक, ऐतिहाँसिक, धार्मिक र सांस्कृतिक विषयहरु पाठ्यक्रममा समाबेश गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

विराटनगर भित्रका थुप्रै ऐतिहासिक, पुरातात्वीक, सामाजिक र सांस्कृतिक महत्व बोकेका स्थलहरुको बारेमा विद्यार्थीले जानकारी नपाएको अवस्थामा त्यस्ता बिषयबस्तु समेट्नेगरि पाठ्यक्रम निर्माण गरिएको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बताए । ‘स्थानीयताबारे ज्ञानको कमिका कारण विद्यार्थीमा रचनात्मकताको विकास नहुने भन्दै सानै उमेरदेखि विद्यार्थीलाई स्थानिय भुगोलदेखि भेषभुषासम्मका विषयमा ज्ञान दिनुपर्दछ हाम्रो मान्यता हो,’ मेयर पराजुलीले भने, ‘विराटनगरका विभिन्न विद्यालय अनुगमन गर्दा विद्यार्थीमा स्थानीयताबारे ज्ञानको कमी देखिएपछि हामीले स्थानीय पाठ्क्रमको प्रारुप तयार परेका हौँ ।’

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ मा भएको प्रावधान अनुसार स्थानिय तहले विद्यालय तहको पाठ्यक्रममा १ सय पूर्णाङकको स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्न पाउने व्यवस्था छ । त्यसैलाई आधार मानेर विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले ‘हाम्रो विराटनगर’ स्थानीय पाठ्यक्रम कक्षा १ देखि ५ निर्माण गरेको हो । यो पाठ्यक्रम विराटनगर क्षेत्रका सवै नीजि तथा सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७८ देखि अनिवार्य लागु गरिएको छ । यही पाठ्यक्रममा आधारित रहेर नेपाली र स्थानीय भाषामा स्थानिय विषयको पाठ्यपुस्तक प्रकाशित हुने शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

प्राध्यापक डा. अनिल पोखरेलको संयोजनमा स्थानीय पाठ्यक्रम निर्माण समिति बनाईएको थियो । समितिले लामो समय लगाएर तयार पारेको पाठ्यक्रमबाट स्थानिय बिषयबस्तलाई प्राथमिकतामा राखेको छ । संस्थागत विद्यालयका तर्फबाट राजन छराहाङ, शिक्षक महासंघका सचिव डेकबहादुर बास्तोला, नेपाल शिक्षक संघका अध्यक्ष शिवराज कोइराला, विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, पाठ्यक्रम निर्माण समितिका संयोजक अनिल पोखरेल लगायतले पाठ्यक्रम विकासले विद्यार्थीहरु स्थानीयताबारे ज्ञान प्राप्त हुने बताए । पाठ्यक्रममा आउने सुझावहरुलाई आधार मान्दै कक्षा ६ देखि ८ सम्मको परिस्कृत पाठ्यक्रम चाडै नै निर्माण गरिने मेयर पराजुलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

भर्खरै प्रकाशित

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज