Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बालविवाह अन्त्यका लागि बाँकेका स्थानीय तहको चासो

Author Avatar साझा न्यूज 9th August 2021 , 4:58 PM
बालविवाह अन्त्यका लागि बाँकेका स्थानीय तहको चासो

राझा । बाँकेमा बालविवाह अन्त्यका लागि स्थानीय तहहरुले चासो देखाएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र जानकी गाउँपालिकाले बालविवाह विरुद्ध वडास्तरमा अभियान सञ्चालन गरी बालविवाहमुक्त वडा घोषणा गर्दै आएका छन् ।

कोहलपुर नगरपालिकाले अबको एक वर्षभित्र सबै वडा बालविवाहमुक्त घोषणा गर्ने गरी अभियानलाई अगाडि बढाएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए । कोहलपुर नगरपालिकाले बालविवाहमुक्त अभियान निर्देशिका २०७६ अनुसार नगरका सबै वडालाई बालविवाहमुक्त गर्ने गरी सचेतना अभियान सञ्चालन गर्नुका साथै सरोकारवाला निकायसँग आवश्यक छलफलका साथ अगाडि बढेको उनको भनाइ छ ।

‘गत वर्षको चैत १९ गतेका दिन कोहलपुर नगरपालिकाले एकैदिन वडा नम्बर १२ र वडा नम्बर १३ लाई बालविवाहमुक्त वडा घोषणा गरेका थियौं,’ उनले भने, ‘अहिले वडा नम्बर १ लाई पनि बालविवाह वडामुक्त घोषणा गरी अर्को सफलता पाएका छौं भने अब केही दिनमा नै वडा नम्बर ३ लाई पनि बालविवाहमुक्त वडा घोषणा कार्यक्रम गरिने छ ।’

बालविवाह घरेलु हिंसाको प्रमुख कारण रहेकोले यसको अन्त्यका लागि गाउँपालिकाले अभियान सञ्चालन गरिरहेको बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा विश्वकर्माले बताए । हालसम्म गाउँपालिकाको एउटा वडा बालविवाहमुक्त घोषणा गरिसकेको र छिट्टै अरु वडामा पनि घोषणा गर्ने तयारीमा रहेको उनले बताए ।

खजुरामा वडास्तरबाटै बालविवाह विरुद्धको अभियान सञ्चालन भएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । वडालाई बालविवाहमुक्त गर्न बनेको कार्यविधिको मापदण्डअनुसार अभियान सञ्चालन भइरहेको बताउँदै उनले छिट्टै गाउँपालिकालाई नै बालविवाहमुक्त गाउँपालिका घोषणा गर्ने योजनाका साथ काम भइरहेको बताए ।

२०६८ सालको जनगणना अनुसार बाँकेमा ६६।०८ प्रतिशत बालविवाह रहेको छ । सामाजिक परम्परा र प्रेम गरेर बालविवाह गर्ने क्रम अझै रोकिएको छैन । जनचेतनाको कमी, जातीय विभेद, आर्थिक अभाव, गरीबी र बेरोजगार, सामाजिक परम्परा, अशिक्षा, धर्म र संस्कार, कुसंस्कार, पुरानो रीतिरिवाज, पुरुषप्रधान समाज, पारिवारिक दबाब, कानूनी अज्ञानता, साथीहरुको देखासिकी, सामाजिक सञ्जाल र मोबाइल दुरुपयोग लगायत कारणले बालविवाह हुँदै आएको जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले बताए ।

स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत वडास्तरमा स्थानीय तहले सञ्चालन गरेको बालविवाह विरुद्धको अभियानमा साझेदारी गर्दै आएको छ । परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १० वटा वडा बालविवाहमुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका ४ वटा वडा, कोहलपुर नगरपालिकाका ३ वटा वडा, खजुरा, बैजनाथ र जानकी गाउँपालिकाका एक(एक वटा वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् । कोहलपुर नगरपालिकाको वडा नम्बर ३, बैजनाथको वडा नम्बर ५ र जानकीको वडा नम्बर १ मा बालविवाहमुक्त घोषणा गर्ने तयारी भएको छ ।

वडालाई बालविवाहमुक्त घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्य सम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशील रहेको छ ।

बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका अनुसार, वडामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाहमुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष पाण्डेले बताए । बाँकेलाई बालविवाहमुक्त गर्न प्लान इन्टरनेशनल नेपालले जिल्लाका आठवटै स्थानीय तहसँगको सहकार्यमा स्याक नेपाललाई बालविवाह रोकथाम परियोजना सञ्चालन गर्न सहयोग गरेको छ । सो परियोजनाले आर्थिक वर्ष २०७७र७८को असार मसान्तसम्म जिल्लामा कम्तीमा पनि २० वडालाई बालविवाहमुक्त घोषणा गर्ने लक्ष्य रहे पनि कोरोना भाइरस महामारीका कारण प्रभावित हुन पुगेको स्याकका अध्यक्ष पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

भर्खरै प्रकाशित

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज