काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा खोलिएको ट्रस्टको ६९ रोपनी जग्गा सरकारले जफत गरेको छ ।
उनको नाममा उनकै जन्मस्थान तेह्रथुममा स्थापित ट्रस्टको जग्गा हदबन्दी भन्दा बढी भएको भन्दै मालपोत कार्यालय तेह्रथुमले जफत गरेको हो ।
ओलीले आफ्नो नाममा ट्रस्ट बनाउन १ सय ४३ रोपनी जग्गा किन्न लगाएका थिए । ट्रस्टको अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य रहेकी छन् ।
पहाडी क्षेत्रमा ७५ रोपनी भन्दा बढी जग्गा कुनै संस्थाको नाममा राख्न नपाइने भूमि ऐनमा उल्लेख छ । ओलीले आफ्नो ट्रस्टमा गैर कानूनी रूपमा १ सय ४३ रोपनी जग्गा किनेर राखेका हुन् ।
मालपोत कार्यालयले ७५ रोपनी भन्दा माथिको जग्गा जफत गरेको हो । ओली प्रधानमन्त्री रहेकै बखत त्यो जग्गा किनिएको थियो ।