लकडाउनका बेला होटल सञ्चालन गरेको भन्दै झापा बिर्तामोडको एक होटललाई प्रशासनले २० हजार रुपैँया जरिमाना तिराएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लंघन गरी होटल सञ्चालन गरेको भन्दैँ बिर्तामोडको फुट स्टेप नामको होटल संचालक तिलहाङ लिम्बुलाई २० हजार रुपैयाँ जरिवाना तिराइएको हो ।
समबार राती १०.३० बजे बिर्तामोड नगरपालिका वडा नं ५ मा रहेको फुट स्टेप नामको होटल निषेधाज्ञा उल्लंघन गरी संचालन गरेको पाइएको भन्दैँ इलाका प्रहरी कार्यालय बिर्तामोडले बिर्तामोड नगरपालिका ५ बस्ने ३२ बर्षिय होटल संचालक लिम्बुलाई नियन्त्रणमा लिएको थियो । उनलाई आवश्यक कार्बाहीको लागि मंगलवार जिल्ला प्रशासन कार्यालय पठाइ २० हजार रुपैयाँ जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यता कोरोना कहरका विच चर्को जरिमाना तिराएको भन्दै यस क्षेत्रका उद्योगी व्यावसायीले भने जिल्ला प्रशासनको विरोध गरेका छन् ।
















































