नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । बुधबार घिसिङले विद्युत् प्राधिकरणको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
बुधबार नै उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले नियुक्तिपत्र प्रदान गरेका थिए। नियुक्तिपत्र प्रदान गरेसँगै घिसिङले विद्युत् प्राधिकरणको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए ।
त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यका रुपमा नियुक्त गरिएको छ ।
















































