काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ ।
आफूमाथिको अविश्वास प्रस्तावबारे छलफल हुन बोलाइएको विशेष अधिवेशन सुरु हुनुअघि बुधबार प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए।
राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले सभामुखलाई पठाएको पत्रमा भनिएको छ, प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोखरेलले आज मिति २०७८।४।२७ गते अपराह्न १: १५ बजे नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको व्यहोरा प्रदेश सभाका माननीय सदस्यहरुको जानकारीको लागि पठाएको छु ।
मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो। सोही दिन विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसमक्ष समावेदन गरिएको थियो।
















































