Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री नियुक्त

Author Avatar साझा न्यूज 12th August 2021 , 4:19 PM
कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री नियुक्त

बुटवल– लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन्।

प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्। केसीलाई प्रदेश सभाका नेपाली कांग्रेस सहितको ४ दलीय गठबन्धन र सूर्य चिह्नबाट निर्वाचित सांसद अजय शाहीसहित ४२ सांसदको समर्थन रहेको छ ।

नेपालको संविधानको धारा १६८(२) बमोजिम केसी लुम्बिनी प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका छन् । यसअघि नेकपा एमालेका नेता शंकर पोखरेल मुख्यमन्त्री थिए । रोल्पाको निर्वाचन क्षेत्र नम्बर १(१) बाट प्रत्यक्ष निर्वाचित केसी यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका थिए ।

रूपमा २०७४ फागुन ३ गते नियुक्त भएका शंकर पोखरेलले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा बिहीबार दोस्रो मुख्यमन्त्रीको रूपमा माओवादी केसीको आगमन भएको हो । साँझ ५ बजे शपथ कार्यक्रम राखिएको माओवादी केन्द्रका सांसद इन्द्रजीत थारुले बताए।

केसीले आज तीन पार्टीबाट एक/एक जनालाई मन्त्री बनाउने तयारी गरेका छन्। चार दलीय गठबन्धनको सरकार बने पनि राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ। प्रदेशसभा १० सदस्यीय मन्त्रिमण्डल बनाउने गठबन्धनबीच समझदारी भएको छ।

माओवादीले मुख्यमन्त्रीसहित ३ मन्त्रालय र कांग्रेसले आन्तरिक मामिला तथा कानुनसहित ४ मन्त्रालय लिने सहमति भएको बताइएको छ। त्यस्तै, जसपाका तीन जना सांसद तीनै जना मन्त्री बन्ने भएका छन्।

माओवादी केन्द्रबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका गुल्मीका सुदर्शन बराल पनि आकांक्षी देखिएका छन्। त्यस्तै, दाङका इन्द्रजित थारु पनि अहिले माओवादीबाट मन्त्री बन्ने दौडमा छन्। त्यस्तै बाँकेका इन्द्रप्रसाद खरेल (आइपी) पनि मन्त्री बन्ने दौडमा छन्।

त्यस्तै, एमाले छोडेर फर्किएकी विमला ओलीलाई पनि मन्त्री बनाउने दबाब माओवादी केन्द्रलाई परेको छ। माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती, दामा कुमारी शर्मा पनि मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेपछि अरू महत्वपूर्ण मन्त्रालय आफूलाई चाहिने नेपाली कांग्रेसको दाबी छ।

सोही अनुसार कांग्रेसका सांसदहरू पनि मन्त्रीको दौडमा देखिएका छन्। प्रमुख सचेतक समेत रहेका रुपन्देहीका फकरुद्धिन खाँन, दाङका डिल्ली चौधरी, पाल्पाका वीर बहादुर राना, अर्घाखाँचीकी निर्मला क्षेत्री र रुपन्देहीकी रमा अर्याल पनि मन्त्री बन्ने दौडमा रहेको चर्चा चल्न थालेको छ।

लेखा समितिका सभापति समेत रहेका डिल्ली चौधरीले आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने चर्चा छ। चौधरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निकट मानिन्छन्।

त्यस्तै रुपन्देहीमा अष्टभुजा पाठक र वसी उद्दीन खाँले पनि मन्त्री बन्ने चाहना व्यक्त गरेका छन्। जसपा संसदीय दलका नेता सहस्रराम यादव, प्रमुख सचेतक पुर्मती ढेंगा, सुमन शर्मा रायमाझी मन्त्री बन्नेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज