काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समित बैठक चलिरहेको बेला शीर्ष नेताहरुको भने छुट्टै छलफलमा जुटेका छन् । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको छुट्टै बैठक बसेको हो ।
महाधिवेशनको नयाँ कार्य तालिका, क्रियाशील सदस्यता विवाद र आमन्त्रित केन्द्रीय सदस्यको राजीनामाको सन्दर्भमा सहमति पहिल्याउन शीर्ष नेताको बैठक छुट्टै बसेको एक नेताले जानकारी दिए । शीर्ष तहका नेताको बैठक एक घण्टा अघि देखि जारी छ ।
केन्द्रीय समिति बैठक पनि देउवानिवासमै बसिरहेको छ । देउवा शीर्ष नेताको बैठकमा रहेकाले केन्द्रीय सहमतिको बैठक उपसभापति विमलेन्द्र निधिले सञ्चालन गरिरहेका छन् ।
















































