Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माओवादीले भन्यो : दार्चुला घटनामा भारतीय पक्ष दोषी, गोर्खा भर्तीमा पुनर्विचार गरौँ

Author Avatar साझा न्यूज 15th August 2021 , 7:59 PM
माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक सुरु

नेकपा माओवादी केन्द्रले दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकबाट विभिन्न चारवटा चारवटा समसामयिक प्रस्ताव पारित गरेको छ।

राजधानीको अनुपम फुडल्यान्डमा आइतवार सकिएको बैठकपछि बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यसबारे जानकारी दिएका हुन्।

प्रवक्ता श्रेष्ठका अनुसार दार्चुलास्थित महाकाली नदीमा खसेर नेपाली युवा जयसिंह धामी बेपत्ता भएको घटनामा भारतीय पक्ष दोषी भएको ठहर बैठकले गरेको छ।

‘दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको छ’, उनले भने, भारतीय एसएसबीबाट नै तुइनको तार फुकाइदिएकाले जयसिंह महाकालीमा खसेर बेपत्ता भएको निष्कर्ष बैठकले निकालेको छ।’

भारतीय सीमा सुरक्षा बलको यो कार्यलाई माओवादीले अमानवीय भनेको छ। ‘बैठकले भारतीय एसएसबीको यो कार्यलाई क्रुर र अमानवीय अपमानजनक र उत्पीडनकारी कार्य भनेको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘नेपाल सरकारलाई यसबारेमा गठित छानबिन टोलीको प्रतिवेदन शीघ्र ल्याइ भारत सरकारसँग कूटनीतिक पहल गरेर दोषीमाथि कारबाही गर्न आग्रह गर्दछ।’

बैठकले केही दिनदेखि बेलायतको लण्डनमा अनशनरत गोर्खा सैनिकहरुले समान सुविधा माग्दै आमरण अनशन बसिरहेकोमा पनि समर्थन जनाएको छ।

‘बृटिश गोरखा सैनिकले लामो समयदेखि संघर्ष गर्दै आएका छन्। हाम्रो पार्टी त्यसमा पूर्ण समर्थन जनाउँछ’, उनले भने, ‘नेपाली हुनुकै कारण यस प्रकारको शोषण र भेदभावमा परेकाले यो व्यक्तिगत विषय मात्रै होइन। राष्ट्रिय स्वाभिमानको कुरा पनि हो। यसबारे छिटो वार्ता गरे गोर्खा सैनिकमाथिको शोषण अन्त्य गरिनुपर्छ।’

माओवादीले बैठकमा गोर्खा भर्तीको प्रक्रिया अघि बढिरहेको अवस्थामा राष्ट्रिय सहमतिको आधारमा त्यसबारे पुनर्विचार गर्न निर्णय लिनुपर्नेमा पनि जोड दिएको छ।

माओवादीले कोरोना संक्रमणका कारणबाट नेपाल पनि प्रभावित भएको बताउँदै यस क्रममा ज्यान गुमाएप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।

‘संक्रमित सबैको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना’, बैठकको निर्णयबारे श्रेष्ठले भने, ‘कोभिडको तेस्रो लहरको खतरा औंल्याइरहेको अवस्थामा त्यसको सामना गर्नेबारे सरकारसँग माग गरिएको छ। छिट्टै खोप उपलब्ध गराउन पनि माग गरिएको छ।’

त्यस्तै माओवादीले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागमा केही अगाडिदेखि मानवीय क्षति भएको जनाउँदै राहत र उद्धारमा तदारुकताका साथ लाग्न सरकारलाई भनेको छ।

माओवादीले अफगानिस्तानमा अहिले आन्तरिक द्वन्द्वको असहज र संवेदनशील परिस्थिति देखा परेको जनाउँदै त्यहाँका सबै नेपालीको स्थितिबारे जानकारी लिन र जीवन रक्षा गर्न सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज