Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निगमको चार्टर विमान काबुल जाँदै

Author Avatar साझा न्यूज 15th August 2021 , 9:13 PM
निगमको चार्टर विमान काबुल जाँदै

काठमाडौँ — विद्रोही लडाकु तालिबान अफगास्तानको राजधानी काबुल पसिरहेको सामाचारले विश्वको ध्यान खिचिरहेका बेला नेपाल वायुसेवा निगमको चार्टर विमान भदौ १० गते बिहान त्यसतर्फ जाने पक्कापक्की भएको छ ।

निगमका एक निर्देशकका अनुसार त्यहाँका विभिन्न कम्पनीका काम सकिएर घर फर्किन खोजिरहेका करिब ७० नेपालीलाई अफगानिस्तानबाट काठमाडौं ल्याउन र लकडाउनअघि बिदामा नेपाल आएर नियमित उडान नभएका कारण जागिरमा फर्किन नसकिरहेका ७० जना जतिलाई काठमाडौंबाट काबुल पुर्‍याउन निगमको विमान त्यहाँ जान लागेको हो । यो चार्टर उडान हो । निगमले यो चार्टर उडानबारे आन्तरिक तयारी लगभग सकिसकेको जनाएको छ । यो चार्टर गर्ने एजेन्ट एयर चार्टर सर्भिस प्रालि हो ।

‘यो चार्टर उडान दुबईमा रहेको एउटा कम्पनीले गर्न लागेको हो,’ निगमका निर्देशकले भने, ‘आज (उसले) निगमलाई चार्टरबापतको भाडा पनि पठाएको छ ।’ उनका अनुसार उक्त कम्पनीले नेपालबाट जाने र नेपाल फर्किने कम्तीमा ७०/७० जना नेपाली हुने भनेको छ । यो चार्टर उडान भएकाले निगमले टिकट बिक्री गरेका छैन । ‘प्रति घन्टा ७ हजार ७ सय १० अमेरिकी डलरका दरले चार्टर उडान हुने छ,’ उनले भने ।

यो चार्टर उडानमा निगमले आफूसँग भएको न्यरोबडी एयरबस ३२० पठाउँदै छ । काठमाडौं–काबुल उडान एकतर्फी तीन घन्टा हाराहारीको हुन्छ । नेपालले भारत र पाकिस्तानको हवाई रुट प्रयोग गर्नुपर्ने भएकाले यी दुई मुलुकसँग ओभरफ्लाई अनुमति लिनुपर्छ । ‘अब काम बाँकी ओभरफ्लाईको मात्रै छ । चार्टर हुनुभन्दा १/२ दिन अघि लिदा भइहाल्छ,’ ती निर्देशकले भने, ‘ केही परराष्ट्र मन्त्रालयसँग प्रक्रियागत काम बाँकी छ ।’

द्वन्द्वसँग जोडिएको मुलुकमा हुन लागेको चार्टर उडानमा निगमले सामान्य अवस्थामा गरेको बिमाले मात्रै नहुने भएकाले जहाज र त्यसमा ओहोरदोहोर गर्ने यात्रुको अतिरिक्त बिमा पनि गर्नुपर्छ । निगमको जहाज अफगानस्थान जान लागेको यो दोस्रो पटक हो । ५ वर्षअघि काबुलमा भएको आत्मघाती बम बिस्फोटमा १२ नेपाली सुरक्षा गार्डको निधन भएको थियो । उक्त घटनामा मारिएका १२ नेपालीको शव लिन निगमको न्यारोबडी ०७३ असारमा अफगानस्थान गएको थियो । कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज