काठमाडौं । मंगलवार बसेको मन्त्रिपरिषद बैठकले संसद छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ ।
केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको हो । यसअघि २५ देखि ३० प्रतिशतको मापदण्ड राख्ने भनिएको थियो ।
तर विहान बालुवाटारमा पुगी महन्थ ठाकुरले आफूहरुलाई सजिलो हुने गरी व्यवस्था गरिदिन आग्रह गरेसँगै प्रधानमन्त्री देउवाले थ्रेसहोल्ड कम गराएका हुन् । यो सँगै एमालेको माधव कुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई अर्को दल दर्ता गर्न सजिलो हुने छ ।