Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमालेले २६० केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा पठायो, माधव समूहलाई अप्ठ्यारो पार्ने कोशिश

८ जना समानुपातिक सांसदलाई पनि हटाइँदै


एमालेले २६० केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा पठायो, माधव समूहलाई अप्ठ्यारो पार्ने कोशिश

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यको संख्या अद्यावधिक गर्न निर्वाचन आयोगसमक्ष २६० जनाको नाम पठाएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंगलबार संसदको ल्होत्से हलमा भएको संसदीय दलको बैठकले २०३ केन्द्रीय सदस्य रहेको नेकपा एमालेका केन्द्रीय सदस्यहरुको संख्या २६० हुने गरी सूची निर्वाचन आयोगमा पठाएको हो।

आयोग स्रोतका अनुसार एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली आज दिउँसो गएर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको हो ।

नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना छन् । यो नेकपा माओवादी त्यागेर एमाले गएका नेताहरुसहितको संख्या हो । जमामध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण अध्यावधिक गर्न पठाइएको हो ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउनेगरी अध्यादेश पारित गरे लगत्तै एमालेले केन्द्रीय कमिटीको विवरण अद्यावधिक गरेको हो ।

अब पार्टी फुटाउन आवश्यक पर्ने २० प्रतिशत केन्द्रीय सदस्यका लागि माधव नेपाल समूहलाई ५२ जना केन्द्रीय सदस्यको साथ चाहिनेछ।

उता संसदमा एमालेका २०३ सांसद रहेकाले नेपाल पक्षलाई पार्टी फुटाउन ४१ सांसदको सहमति आवश्यक हुन्छ। त्यसकारण पनि नेपालसमूहलाई अप्ठ्यारो बनाउने गरी एमालेले उक्त विवरण पठाएको हो ।

यस्तै समानुपातिक ८ सांसदलाई पनि कारबाही गर्ने तयारी छ । यसअघि सोधिएको स्पष्टीकरणकै आधारमा उनीहरुलाई कारबाही गर्न लागिएको एक नेताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस

काभ्रेका स्थानीय तह : ‘जनताको सेवामा पहिलो वर्ष’

काभ्रेका स्थानीय तह : ‘जनताको सेवामा पहिलो वर्ष’

रेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अघि बढायो

रेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अघि बढायो

३५ प्रतिशत नारायणगढ–बुटवल सडकको प्रगति

३५ प्रतिशत नारायणगढ–बुटवल सडकको प्रगति

लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र

लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र

नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव

नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव

भर्खरै प्रकाशित

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि