दाङ । लुम्बिनीमा शंकर पोखरेलको सरकार ढाल्न निर्णायक सांसद विमला वलीको अन्तरंग तस्विर बाहिर आएको छ । पति उत्तरकुमार वली दिवंगत भएको दुई वर्ष नवित्दै विमला एक विवाहित परपुरुषको अंगालोमा देखिएकी छन्, त्यो पनि गालामा चुम्बन गरिरहेको अवस्थामा । अहिले माओवादी सांसद बनेकी विमला माओवादीकै भातृ संगठन वाइसीएलका स्थानीय नेता एकराज बस्नेतको अंगालोमा भेटिएकी हुन् । एकराज श्रीमती र छोराछोरी भएका विवाहित पुरुष हुन् । रोचक त के छ भने यो तस्विर एकराजले नै सार्वजनिक गरेका हुन् । यहाँनेर विवाहित पुरुषसँग खुलेयाम रोमान्स गर्दा विमलामा सांस्कृतिक विचलन आएको देखिन्छ ।
युद्धकालमा भए सफायादेखि कारबाही घटुवा आलोचनासम्मका कारबाही गरेका र विगतमा आफ्नै छोरालाई साधारण सदस्यबाट निकाल्ने प्रचण्डले विमलाको सांस्कृतिक अपचलन अपराधमा कस्तो सजाय दिन्छन् हेर्न बाँकी छ । किनभने विमला लुम्बनीको सत्ताका लागि निर्णायक पात्र हुन् ।
विमला र एकराजको चुम्बनसहितको तस्बिरले सामाजिक सञ्जालमा तहल्का पिटेको छ । किनभने विमलाले सिन्दुर पनि लगाएको देख्न सकिन्छ । पतिको निधनपछि सामान्यतया अर्को विहे नभई सिन्दुर लाउन मिल्दैन । त्यसो त लुम्बिनीमा विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा रहिन । अहिले आफ्नो रोमान्सले चर्चा छिन् । -नेपालपानाबाट