नुवाकोट । कोभिड–१९ को कारण यस वर्षको प्रसिद्ध गोसाइकुण्ड मेला स्थगित भएको छ । कोरोना सङ्क्रमण बढ्न थालेपछी गोसाईंकुण्डमा लाग्ने जनैपूर्णिमा मेला स्थगीत गरिएको हो ।
गोसाइकुण्डमा लाग्ने जनैपुर्णिमा मेलामा भिडभाडबाट कोरोना सङ्क्रमण बढ्ने भएकाले स्थगित गरिएको गोसाईंकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । गोसाइकुण्डमा प्रत्येक वर्षको जनैपुर्णिमा र गंगा दशहराको अवसरमा वर्षको दुई पटक मेला लाग्ने गरेको छ ।
हिमाली जिल्ला रसुवामा रहेको प्रसिद्ध गोसाइकुण्डहिन्दु तथा बौद्धमार्गीको आस्थाको केन्द्रको रुपमा रहेको छ । अध्यक्ष डिएमका २०७२ सालको विनाशकारी भूकम्पपछि गोसाईंकुण्ड जानेको सङ्या घटेको हो ।