नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन्
। पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ । पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीले जानकारी दिए। ‘निर्वाचन आयोगले दर्ता गरेको छ। अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने।
















































