२ भदौ, काठमाडौं । नेकपा (एमाले)मा विभाजन हुनै लाग्दा बागमती प्रदेश सरकारमा नयाँ घटनाक्रम विकास भएको छ।
यसअघि माधव नेपाल पक्षमा रहेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । अष्टलक्ष्मीलाई दलको नेता चयन गरिएको छ।
हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेता चयन गरिएको एमाले प्रदेश सभा सदस्य रचना खड्काले जानकारी दिइन् । शाक्य यसअघि नेपाल पक्षमा थिइन्। तर, नेपालले नयाँ पार्टी गठन गर्ने तयारी गर्दा उनले आफू विभाजनमा नलाग्ने बताएकी थिइन्।