काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो भेट नभएको बताएका छन् ।
कोइरालाका तर्फबाट प्रेसनोट जारी गर्दै स्वकीय सचिव दिनेशचन्द्र थपलियाले अध्यादेश आएपछि ओलीसँग भेटेको भनी आएका समाचारमा सत्यता नरहेको दावी गरेका हुन् ।
‘एक अनलाइनमा सम्प्रेषित “सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईसकेपछिको परिस्थितिका बारेमा कांग्रेस नेता शेखर कोइराला र नेकपा एमालेका अध्यक्ष केपी ओलीबिच छलफल भएको” भन्ने भ्रमपूर्ण, कपोलकल्पित र मनगढन्ते समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ।’
स्वकीय सचिव थपलियाद्धारा जारी विज्ञप्तीमा भनिएको छ । ‘दुई दिनको विराटनगर बसाइपछि डा. शेखर कोइराला २०७८ भदौ २ गते बेलुकी काठमाडौं फर्कनुभएको हो । उहाँको कसैसँग भेट भएको छैन’, थपलियाले भनेका छन् ।
।