काठमाडौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरि विरामी परेर अस्पताल भर्ना भएका छन ।
घाँटीमा गम्भिर प्रकृतिको समस्या देखिएपछि उनी भारतको मुम्बईको हिन्दूजा अस्पतालमा भर्ना भएका हुन । उनी अघिल्लो साता स्वास्थ्य परीक्षणका लागि भारत गएका थिए । उनको डाक्टर सुल्तान प्रधानको टोलीले उपचार गरिरहेको छ ।
गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि आज मुम्बई प्रस्थान गरेका छन । स्वास्थ्य अवस्था बुझ्न र उपचारको थप प्रबन्ध मिलाउन उनी त्यसतर्फ गएका हुन ।
















































