काठमाडौं। अफगानिस्तानमा अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु हुनेमा राष्ट्रिय फुटबल टिमका खेलाडी जाकी अन्वारी पनि रहेको खुलेको छ ।
केही दिन अघि अमेरिकी सैनिक विमानबाट खसेका मध्ये एक जना अन्वारी रहेको खुलेको हो ।
अफगानिस्तानको काबुलमा तालिवानले आक्रमण गरेपछि आतिएर हवाइजहाजमा चढेर भाग्न खोजेका १९ वर्षीय जाकी अन्वारीको सैनिक विमानबाट खसेर मृत्यु भएको हो ।
विमानभित्र अट्न नसकेपछि जहाजको टायर समाएर जान खोजेको तीन जनाको खसेर मृत्यु भएको हो ।
















































