नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को सचिवालयले उनी सामान्य बिरामी भएको जनाएको छ ।
स्वास्थ्य समस्या भएर घरमै आराम गरिरहेका प्रचण्डको स्वास्थ्यबारे चासो व्यक्त भइरहँदा उनको सचिवायले यसबारे स्पष्ट पारेको हो । प्रचण्डलाई सामान्य रुघाखोकी र ज्वरो आएको उहाँकी स्वकीय सचिव गंगा दाहालले बताइन् ।
अध्यक्षलाई सामान्य रुघाखोकी र ज्वरो आएको, कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवस्था सामान्य रहेको दाहालले जानकारी गराइन् ।