राष्ट्र सेवामा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरु सँग युथ युनिटी वेल्फेयर एसोसिएसन (युवा)ले आफ्नो रक्षाबन्धन सँगै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
सशस्त्र प्रहरी बल पिपरा बिटमा रहेका ३० भन्दा धेरै सुरक्षाकर्मीहरुलाई राखी बानिदिएर सो कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा प्रखुम अतिथीका रुपमा रहेका सशस्त्र प्रहरी बिट पिपराका प्रमुख तेजराज शर्मा र विशिष्ट अतिथीको रुपमा रहेका सहायक प्रमुख राजकुमार घर्तीलाई राखी बानिसकेपछि कार्यक्रमको समुद्घाटन गरिएको थियो। युवा कपिलवस्तुका उपाध्यक्ष पशुपती गिरीको स्वागत मन्तव्यबाट शुरु भएका कार्यक्रममा संयोजक कोपिला गिरि, युवाका संस्थापक तथा अध्यक्ष सागर बन्जाडे, संरक्षक असिम भट्टराई, मधु भुषाल, मन्जु थापा, सौरभ भण्डारी, सृजना आचार्य, माधव आचार्य, सरोज घिमिरे, विजय वेल्वासे, सजिता घिमिरे, पवित्रा भुषाल, साकार भण्डारी, वासु पाण्डेको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको संचालन युथ युनिटि वेल्फेयर एसोसिएसन(युवा) का बोर्ड सदस्य सरोज घिमिरेले गर्नुभएको थियो।