साझा न्यूज । तौलिहवा
विगत १८ वर्ष देखी गाइजात्रा पर्व मनाउदै आएको यौनिक तथा लैगिक अल्पसंख्यक समुदायले यस वर्ष पनि गाईजात्रा पर्व मनाएको छ । यस वर्ष ज्यान गुमाएका आफ्नो समुदायको ब्यक्तिको आत्माको चिर शान्तिको कामना गर्दै यस वर्ष पनि यौनिक तथा लैगिक अल्पसंख्यक समुदायले गाईजात्रा पर्व मनाएको नव जिवन कपिलवस्तुले जनाएको छ ।
आफ्नै घरपरिवारबाट समेत निकालिएका ब्यक्तिको मृत्यु पश्चात पनि परिवारले नसम्झिने गरेको भन्दै समलिंगी तेस्रोलिंगी समुदायको मातृ संस्था निल हिरा समाज काठमान्डौको सहयोगमा नव जिवन जिवन कपिलवस्तु त्यस्ता मरेको ब्यक्तिको सम्झनामा गाइजात्रा पर्व मनाएको छ ।
जिल्लाका बिभिन्न स्थानबाट तौलिहवा पुगेका समलिंगी तेस्रोलिंगीले नव जिवन कपिलवस्तुको कार्यालय क्याम्पस टोल देखी सुरु गाइजात्रा र्यालीले भिक्षु चोक, गौढी चोक हुदै जिल्ला प्रशासन पुगेर पुन कार्यालय यो वर्ष ज्यान गुमाएका आफ्नो समुदायका ब्यक्तिको सम्झनामा क्याण्डिल बालेको थियो ।
उक्त अबसरमा र्यालीलाई सम्बोधन गर्दै नव जिवन कपिलवस्तुका संयोजक प्रेरणा बिष्टले निल हिरा समाजले काठमान्डौमा सन २००१ देखी गाईजात्रा मनाउदै आएकोमा यस वर्षमा कोरोना महामारीका कारण जिल्ला जिल्लामा कार्यक्रम आयोजना गरिएको बताईन ।
समलिंगी तेस्रोलिंगीले आयोजना गरेको यस गाईजात्रा कार्यक्रमले जिल्लामा तेश्रो लिङ्गि समुदायलाई हेर्ने धारणामा परिवर्तन ल्याउन सहयोग गरेको कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदम राज श्रेष्ठले बताए । गाईजात्राको अवसरमा कपिलवस्तु जिल्लामा पनि तेश्रो लिङ्गिहरु कुनै डर त्रास बिनै खुलेर आएको नव जिवन कपिलवस्तु अध्यक्ष मुस्कान क्षेत्रीले बताईन । उनले बिगतका दिनहरुमा समलिंगी तेस्रोलिंगीको न्यून मात्रामा खुलेर आएता पनि हाल ६ सय भन्दा धेरै खुलेर आएको बताईन ।
कपिलवस्तु जिल्लामा हाल सम्म ३ हजार ४ सय भन्दा धेरै यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका व्याक्तिहरु हाल सम्म नव जिवन कपिलवस्तुको सम्पर्कमा आएको संयोजक बिष्टले जानकारी दिईन ।